free website hit counter

६० लाख कित्ता आईपीओ निष्काशन गर्दै आईएमई लाइफ

beemaadmin
२०७६ मंसिर १९, बिहीबार

काठमाडौं । नियामक निकाय बीमा समितिने तोकेको चुक्ता पुँजी पुर्याउन आईएमई लाइफ इन्स्योरेन्स कम्पनीले आईपीओ निस्कान गर्ने भएको छ । कम्पनीको दोस्रो वार्षिक साधारण सभाले ६० करोड रुपैयाँ बराबरको ६० लाख कित्ता आईपीओ निष्काशन गर्ने प्रस्ताव पारित गरेको छ।

कम्पनीले बीमा समितिले तोकेको न्यूनतम २ अर्ब चुक्ता कायम गर्न सर्वसाधारणमा अंकित मूल्य १०० रुपैयाँ दरमा ६० लाख कित्ता शेयर जारी गर्ने निर्णय गरेको कम्पनीले जनाएको छ । हाल १ अर्ब ४० करोड रुपैयाँ चुक्ता पूँजी रहेको आईएमई लाइफको आईपीओ पश्चात २ अर्ब चुक्ता पूँजी तथा संस्थापक साधारण शेयर स्वामित्व अनुपात ७०ः३० प्रतिशत कायम हुनेछ। आईपीओ निष्काशन गर्न कम्पनीले सिभिल क्यापिटललाई शेयर निष्काशन तथा बिक्री प्रबन्धक नियुक्त गरिसकेको छ।

सम्बन्धित समाचार

चुनाव जित्ने ढुक्क भएपछि झापा झर्दैछन् बालेन

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार

सुनको भाउ तोलामै ४२०० ले घट्यो

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार

खाडी संकटले पार्नसक्छ रेमिट्यान्समा असर

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार

बहुमतको दिशातर्फ अघि बढ्यो रास्वपा

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार