free website hit counter

६० लाख कित्ता आईपीओ ल्याउँदै सेतीखोला हाइड्रो

beemaadmin
२०८० श्रावण ६, शनिबार

काठमाण्डौ । सेतीखोला हाइड्रोपावर लिमिटेडले ६० करोड रुपैयाँबराबरको आईपीओ ल्याउने प्रक्रिया अगाडि बढाएको छ। कम्पनीले १०० रुपैयाँ अंकित दरका कुल ६० लाख कित्ता आईपीओ ल्याउने तयारी गरेको छ। कम्पनीले यो आईपीओ आयोजना प्रभावित स्थानीय र सर्वसाधारणलाई बिक्री गर्नेछ। यसैबीच कम्पनीले आईपीओ निष्कासन तथा बिक्री प्रबन्धकमा कुमारी क्यापिटल नियुक्त गरेको छ। नियुक्तिसम्बन्धी सम्झौतापत्रमा सेतीखोला हाइड्रोपावरका तर्फबाट सञ्चालक समितिका अध्यक्ष अनुप आचार्य तथा कुमारी क्यापिटलका तर्फबाट प्रमुख कार्यकारी अधिकृत पुष्प शर्माले हस्ताक्षर गरेका छन्।
सेतीखोला हाइड्रोपावरको अधिकृत पुँजी १ अर्ब ५० करोड रुपैयाँ, जारी पुँजी १ अर्ब ५० करोड रुपैयाँ र चुक्ता पुँजी ८८ करोड ४६ लाख ४५ हजार रुपैयाँ रहेको छ। सेतीखोला हाइड्रोपावर विद्युत उत्पादन गर्ने संस्थाका रुपमा गत असार २९ गते प्राइभेट लिमिटेडबाट पब्लिक लिमिटेडमा परिणत भएको संस्था हो। संस्थामा मुख्य लगानीकर्ता डोल्मा इम्प्याक्ट फन्ड–२ रहेको छ। जसले संस्थाको ४९ प्रतिशत लगानी रहेको छ भने बाँकी ५१ प्रतिशत सेयर संस्थाका अध्यक्ष अनुप आचार्य, दिपक बराललगायतका पोखराका स्थानीय बासिन्दाको रहेको छ।
कम्पनीमा अध्यक्ष अनुप आचार्य रहेका छन् भने सञ्चालकका रुपमा दिपक बराल, हरिबाबु न्यौपाने, सम्झाना आचार्य, विद्यावारिधि सिग्देल र रामबहादुर पहाडी छन्। कम्पनीको २२ मेगावाट क्षमता भएको वार्षिक उत्पादन क्षमता १३७.१८ जीडब्ल्यूएच रहेको छ र २०८१ साउन १३ गते ाट व्यापारिक उत्पादन सुरु गर्ने लक्ष्य राखिएको छ। यो आयोजना नेपालको कास्की जिल्ला पोखरा महानगरपालिका–३३ मा अवस्थित छ। यस हाइड्रोपावरको कुल लागत ५०५ करोड रहेको छ र हाल उक्त आयोजनाको ५५ प्रतिशत कार्यसम्पन्न भएको छ।

सम्बन्धित समाचार

बालेनको मत ३९ हजार नाघ्यो

beemaadmin
२०८२ फाल्गुन २३, शनिबार

चुनाव जित्ने ढुक्क भएपछि झापा झर्दैछन् बालेन

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार

सुनको भाउ तोलामै ४२०० ले घट्यो

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार