काठमाडौं । शेयर बजारमा लगानी गर्ने इच्छा रहेकाहरुलाई खुशीको खबर छ । शेयर बजारमा ६ करोड २८ लाख ५० हजार कित्ता आईपीओ निष्कासन को तयारीइ भइरहेको छ । दुई वर्षअघिदेखि सञ्चालनमा रहेका १० बीमा कम्पनीले ६ अर्ब २८ करोड ५० लाख रुपैयाँ बराबरको ६ करोड २८ लाख ५० हजार कित्ता आईपीओ निष्कासन गर्ने अन्तिम तयारीमा लागेका हुन् । नियामक निकाय बीमा समितिले सबै बीमा कम्पनीहरुलाई चुक्ता पुँजी २ अर्ब रुपैयाँ पु¥याउनु पर्ने बाध्यता बनाएपछि ती कम्पनीहरुले चुक्त पुँजी पुर्यानका लागि आईपीओ निष्कासन गर्न लागेका हुन् । यसरी आईपीओ निष्कासनका लागि तयारी गरिहरेका बीमा कम्पनीहरुमा ज्योति लाइफ इन्स्योरेन्स, सानिमा लाइफ इन्स्योरेन्स, आइएमई लाइफ इन्स्योरेन्स, प्रभु लाइफ इन्स्योरेन्स, सिटिजन लाइफ इन्स्योरेन्स, महालक्ष्मी लाइफ इन्स्योरेन्स, सन् नेपाल लाइफ इन्स्योरेन्स, युनियन लाइफ इन्स्योरेन्स, रिलायन्स लाइफ इन्स्योरेन्स र रिलायन्स लाइफ इन्स्योरेन्स कम्पनी रहेका छन् । यी कम्पनीहरुले न्युनतम पुँजी पुर्याउन आईपीओ निष्कासन गर्ने प्रस्ताव साधारणसभाबाट पारित गरिसकेका छन् ।
युनियन लाइफ इन्स्योरेन्स कम्पनीले सर्वसाधारणका लािग ६४ करोड २० लाख रुपैयाँ बराबरको ६४ करोड ५० हजार कित्ता शेयर निष्कासन गर्ने तयारी गरेको छ भने सिटिजन लाइफले ७५ करोड, ज्योति लाइफले ६६ करोड, युनियन लाइफले ६४ करोड, रिलायन्स लाइफले ६३ करोड रहेको छ । यसैगरी आईएमई, सानिमा, सन् नेपाल, महालक्ष्मी, रिलायवल र प्रभु लाइफले भने ६०–६० करोड रुपैयाँको आईपीओ निष्कासन गर्न लागेको बताइएको छ ।