free website hit counter

७७ वर्षका अर्बपतिलाई २५ वर्षकी तरुनीले सिध्याइन

beemaadmin
२०७८ बैशाख १७, शुक्रबार

एजेन्सी । सम्पत्ति भएर पात्तिएका बुढाहरुले तरुनी श्रीमती खोज्दै हिँड्ने समस्या विश्वभका लाग्ने मानिसको प्रवृत्ति हो । जापानका ७७ वर्षका एक अर्बपतिलाई विष खुवाएर मारेको अभियोगमा पुलिसले उनकी २५ वर्षकी विधवा श्रीमतीलाई पक्राउ गरेको छ । रिपोर्टका अनुसार ती अर्बपति यसअघि ४ हजार महिलासँग सुतिसकेका थिए तर उनले यी श्रीमतीलाई उनी नै आफूसँग सुत्ने अन्तिम महिला हुने बचन दिएका थिए । ती अर्बपतिले आफूलाई आफ्नो क्षेत्रको ‘डन जुआन’ भन्थे । ‘डन जुआन’ एक काल्पनिक पात्र हो जसलाई महिलाहरुलाई फसाउन अत्यन्तै सिपालु मानिन्छ । आफूलाई ‘डन जुआन’ भन्ने महिरा व्यवसाय र रियलस्टेट व्यवसायका मालिक ७७ वर्षका कोसुके नोजाकीलाई २०१८ को मे महिनामामा अवैध उत्तेजक औषधिको घातक मात्रा खुवाएर उनको हत्या गरेको आरोपमा साकी सुडो नामकी महिलालाई पक्राउ गरिएको पुलिसलाई उद्धृत गर्दै जापान टाइम्सले जनाएको छ । नोजाकीको हत्या हुँदा उनीहरुको विवाह भएको तीन महिना मात्र भएको थियो । सुडोले उत्तेजक औषधिको घातक मात्रा नोजाकीको हत्या गर्ने उद्देश्यले खुवाएको पुलिसले दावी गरेको छ ।
प्रहरीले सुडोलाई टोकियोको शिनागावा वार्डस्थित उनको घरबाट गिरफ्तार गरेर घटना भएको वाकायामा प्रिफेक्चरमा सारेको छ । सुडोले आरोप स्वीकार गरेकी छन् कि छैनन् भन्ने प्रहरीले खुलाउन अस्वीकार गरेको छ । नोजाकीको शंकास्पद मृत्युले धेरैको ध्यान तान्यो किनकि यसअघि उनले २०१६ मा आफूलाई स्पेनिस काल्पनिक प्लेब्वाय डन जुआनसँग तुलना गर्दै ‘डन जुआन अफ किसुः द म्यान हु गेभ ३ बिलियन येन टु ४,००० ब्युटिफुल वुमेन’ नामको आत्मकथा प्रकाशित गरेका थिए । किसु वाकायामा प्रिफेक्चरमा उनी बस्ने क्षेत्र हो । नोजाकी सन् २०१८ मे २४ को साँझ वाकायामा प्रिफेक्चरको तानाबेस्थित आफ्नो घरमा मृत भेटिएका थिए। उनको शरीरमा उत्तेजक औषधि भेटिएको थियो तर उनको शरीरमा कुनै सुइको निशान भेटिएको थिएन। जसले प्रहरीलाई विष दिएर सम्भावित हत्याको रुपमा मुद्दाको अनुसन्धान गर्न प्रेरित गरेको थियो। उनको मृत्यु हुनुभन्दा अघि सुडो नोजाकीसँग एक्लै थिइन् र उनीहरु साथमा खाना खाएको पुलिसले बताएको छ ।
अनुसन्धान स्रोतका अनुसार सुडोले इन्टरनेटमा उत्तेजक पदार्थको खोजी गरेकी थिइन् र नोजाकीको शरीरमा फेला परेको औषधि उनले इन्टरनेटबाट प्राप्त जानकारीको आधारमा पाएको अनुमान गरिएको छ। तानाबे नगर सरकारले यसअघि नोजाकीले आफ्नो इच्छाअनुसार लगभग १।३ बिलियन येन मूल्यको आफ्नो सबै सम्पत्ति शहरलाई अनुदान दिनेगरी इच्छापत्र बनाएर गएको बताएको थियो । तर इच्छापत्रका बावजुद उनकी कानुनी उत्तराधिकारीको रुपमा सुडोलाई उनको सम्पत्तिको एक हिस्साको हकदार बनाइएको थियो र यो हिस्सा कानुनी प्रक्रियाबाट निर्धारण गर्नुपर्ने थियो। यसैबीच त्यो इच्छापत्र नोजाकीबाहेक अरू कसैले बनाएको दाबी गर्दै उनका नातेदारहरूले गत वर्ष इच्छापत्रलाई बदर गर्न माग गर्दै मुद्दा हालेका छन् । मृत्यु हुनुअघि पनि नोजाकी एकपछि अर्को विवादमा मुछिएका थिए। सन् २०१६ को फेब्रुवरीमा २० वर्षकी उनकी तत्कालीन प्रेमिका नोजाकीको घरबाट ६० करोड येन मूल्य बराबरको नगद र गरगहना चोरी गरेको आरोपमा पक्राउ परेकी थिइन्। उनले आफूलाई मोडल बताएकी थिइन् । सन् २०१८ मा उनले प्रकाशित गरेको पछिल्लो आत्मकथामा नोजाकीले गत वर्ष टोकियोको हनेदा विमानस्थलमा आफूले एक महिलालाई भेटेको उल्लेख गरेका छन् जुन महिला सुडो भएको विश्वास गरिएको छ ।
नोजाकीसँग विवाह गरेपछि पनि सुडोले आफ्नो परिवारलाई आफूले आफ्नो साथीको रियलस्टेट व्यवसायमा सहयोग गरिरहेको बताएकी थिइन्। तर, उनले सुरुमा उनीहरूलाई आफूले बिहे गरेको बताएकी थिइनन्। उनले बारम्बार सामाजिक सञ्जाल साइटहरूमा इण्डोनेशियाको बाली, सिंगापुरजस्ता ठाउँसहित विदेश यात्राका फोटोहरू पोस्ट गर्ने गर्छिन् । उनले आफ्नो गृहनगरका मानिसहरूलाई आफूले स्टक व्यापारमार्फत पैसा कमाएको बताउँछिन् । हाइस्कुलकी एक जना भूतपूर्व सहपाठीले सुडो आफूले जागिर गरेको कहिल्यै नबताएको र आफ्नो महंगा लुगाबारे सोध्दा घमन्डपूर्वक आफूसँग प्रशस्त पैसा भएको बताएकी थिइन् ।

सम्बन्धित समाचार