free website hit counter

७९५ कोरोना संक्रमित आइसियु र भेन्टिलेटरमा

beemaadmin
२०७८ बैशाख २२, बुधबार

काठमाडौं । कोरोना संक्रमितको संख्या दिनदिनै रेकर्ड बनाउँदै बढिरहेको बेला जटिल विरामीको संख्या पनि बढिरहेको छ । देशभर हाल सात सय बढी कोरोना संक्रमित अस्पतालको आइसियु र भेन्टिलेटरमा छन्। ६१६ आइसियु र १७९ जना भेन्टिलेटरमा गरी ७९५ जना बिरामी उपचाररत रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ। यसअघि सोमबार ७२० जना संक्रमित आइसियु र भेन्टिलेटरमा थिए। प्रदेश १ मा ९३ आइसियु र १८ भेन्टिलेटरमा, प्रदेश २ मा २४ आइसियु र २ भेन्टिलेटरमा छन्। बागमती प्रदेशमा ३२५ आइसियु र १२४ जना भेन्टिलेटरमा छन्।
गण्डकी प्रदेशमा ४४ जना आइसियु र २ जना भेन्टिलेटरमा, लुम्बिनी प्रदेशमा ६९ जना आइसियु र १६ जना भेन्टिलेटरमा, कर्णालीमा ३२ जना आइसियु र ७ जना भेन्टिलेटरमा र सुदूरपश्चिम प्रदेशमा २९ जना आइसियु र १० जना भेन्टिलेटरमा रहेको मन्त्रालयले जनाएको छ। कोरोनाको उपचार हुने काठमाडौं उपत्यकाको अस्पतालमा १९४ जना संक्रमित आइसियु र ७७ जना भेन्टिलेटरमा छन्। १ हजार २ सय १७ जना आइसोलेसनमा छन्।
शसस्त्र प्रहरी बल अस्पताल बलम्बुमा ११ आइसियु, ८ भेन्टिलेटर र १७० जना आइसोलेसनमा छन्। वीरेन्द्र अस्पताल छाउनीमा १९ जना आइसियु र ६४ जना आइसोलेसनमा, वीर अस्पतालमा ५ जना आइसियु, ३ भेन्टिलेटर र ९६ जना आइसोलेसनमा, नेपाल प्रहरी अस्पतालमा १७ आइसियु, १२ जना भेन्टिलेटर र १५८ जना आइसोलेसनमा छन्। शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालमा १२ जना आइसियु, १० भेन्टिलेटरमा र ७२ जना आइसोलेसनमा, त्रिवि शिक्षण अस्पतालमा ३५ आइसियु, ७ भेन्टिलेटर र १४६ जना आइसोलेसनमा, पाटन अस्पतालमा १२ आइसियु, ९ भेन्टिलेटर र १०१ जना आइसोलेसनमा छन्।
यस्तै निजामती कर्मचारी अस्पतालमा १५ जना आइसियु र ४५ जना आइसोलेसनमा, भक्तपुर अस्पतालमा ५ आइसियु, ८ भेन्टिलेटर र ५७ जना आइसोलेसनमा, राष्ट्रिय आयुर्वेद अनुसन्धान तथा तालिम केन्द्र कीर्तिपुरमा १३७ जना आइसोलेसनमा छन्। ग्राण्डी अन्तर्राष्ट्रिय अस्पतालमा ११ जना आइसियु, ४ जना भेन्टिलेटरमा र ४१ जना संक्रमित आइसोलेसनमा, ह्याम्स अस्पतालमा २१ जना आइसियु, ६ जना भेन्टिलेटरमा र ८७ जना आइसोलेसनमा, नेपाल मेडिसिटी अस्पतालमा ३१ आइसियु, १० भेन्टिलेटर र ४३ जना आइसोलेसनमा, स्टार अस्पतालमा ४ आइसियु, २ भेन्टिलेटर र २१ जना आइसोलेसनमा रहेको मन्त्रालयले जनाएको छ।

सम्बन्धित समाचार

चुनाव जित्ने ढुक्क भएपछि झापा झर्दैछन् बालेन

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार

सुनको भाउ तोलामै ४२०० ले घट्यो

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार

खाडी संकटले पार्नसक्छ रेमिट्यान्समा असर

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार

बहुमतको दिशातर्फ अघि बढ्यो रास्वपा

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार