free website hit counter

७ महिनामा ६ अर्ब ९५ करोडको बीमा पोलिसी सरेण्डर

beemaadmin
२०८२ फाल्गुन १७, आईतवार

काठमाडौं । चालु आर्थिक वर्ष २०८२–८३ को साउनदेखि माघसम्ममा ५९ हजार ६७२ बीमितले ६ अर्ब ९५ करोड १७ लाख रुपैयाँ पोलिसी सरेण्डर अर्थात् बीमालेख समर्पण गरेका छन् । सात महिनामा भएको पोलिसी सरेण्डर रकम गत आवको सोही अवधिको तुलनामा ४।५६ प्रतिशतले घटेको छ । नेपाल बीमा प्राधिकरणले सार्वजनिक गरेको तथ्यांकअनुसार गत आवको यही अवधिमा ६२ हजार ५२३ बीमितले ८ अर्ब ५८ करोड २ लाख रुपैयाँ बराबरको पोलिसी सरेण्डर गरेका थिए । माघसम्मको अवधिमा बीमा सरेण्डरको साथसाथै बीमितले तोकिएको समयमा पोलिसी नविकरण र किस्ता नतिर्ने बीमितको संख्या पनि घटेको छ । प्राधिकरणको तथ्यांकअनुसार चालु आवको ७ महिनामा १२ लाख २६ हजार २७५ बीमालेख व्यतित भएका छन् । उक्त संख्याको बीमालेख व्यतित हुँदा ३७ अर्ब ७० करोड ८२ लाख रुपैयाँ बीमा कम्पनीलाई घाटा भएको छ । गत आवको यही अवधिमा १२ लाख ३४ हजार ९८३ बीमालेख व्यतित भएका थिए । सो संख्याको बीमालेख व्यतित हुँदा ३६ अर्ब ६२ करोड ६ लाख रुपैयाँ रमक व्यतित भएको थियो। बीमा पोलिसी खरिद गर्ने बीमितले तोकिएको समयअगाडि नै बीमालेख त्याग्नुलाई पोलिसी सरेण्डर भनिन्छ । बीमितलाई ऐनलाई बीमालेख सरेण्डर गर्न पाउने अधिकार दिएको छ । जीवन बीमालेखसम्बन्धी निर्देशिका २०७८ अनुसार बीमितले बीमा प्रारम्भ भएको तीन वर्षसम्म निरन्तर बीमा शुल्क तिरेसकेपछि मात्रै बीमालेख सरेण्डर गर्न पाउने व्यवस्था छ ।

सम्बन्धित समाचार