free website hit counter

९२ हजारबाट पनि उकालो लाग्यो सुन

beemaadmin
२०७८ बैशाख २८, मंगलवार

काठमाडौँ । निरन्तर उकालो लाग्ने क्रममा पहेँलो धातु सुनको मूल्य ९२ हजारबाट पनि उमालो लागेको छ । नेपाली बजारमा आज सुनको मूल्य बढेको हो । सुनचाँदी व्यवसायी महासंघका अनुसार आज प्रतितोला ३०० रुपैयाँले सुनको मूल्य बढेको छ । नयाँ मूल्य अनुसार आज प्रति तोला ९२ हजार ३०० रुपैयाँमा कारोबार भइरहेको छ । तेजापी सुनको मूल्य ९१ हजार ८०० रुपैयाँ कायम भएको छ ।
सोमबार छापावाल सुनको मूल्य प्रतितोला ९२ हजार रूपैयाँ कायम भएको थियो । त्यस्तै सोमबार तेजाबी सुन प्रतितोला ९१ हजार ५०० रुपैयाँमा कारोबार भएको थियो । चाँदीको मूल्य भने घटेको छ । आज चाँदी प्रतितोला १ हजार ३४५ रुपैयाँमा कारोबार भइरहेको छ । हिजो चाँदी प्रतितोला १ हजार ३६० रुपैयाँमा कारोबार भएको महासङ्घले जनाएको छ ।

सम्बन्धित समाचार