free website hit counter

कान्छी बटुल्दा क्या बात

beemaadmin
२०७७ आश्विन १५, बिहीबार

समाज बदल्ने प्रण गरेर अघि बढेका कम्युनिष्ट नेता तथा कार्यकर्ता मस्तीतिर लाग्दै छन्, पुरस्कृत हुँदै छन् । अचेल कम्युनिष्ट हुनको लागि योग्यता र क्षमताको परिभाषा नै फरक हुन थालेको छ । पार्टीमा एकातिरको जिम्मेवारी, अर्कोतिरको उठबसले केलाई भन्दा देख्नेलाई लाज हुन थालेको छ ।
हालै नेकपा सुर्खेत प्रदेशअन्तर्गत निर्वाचन क्षेत्र नं.२ मा इञ्चार्जको जिम्मेवारी पाएका कमल शाही अर्की कमरेडसँग ललितपुरको हात्तिबनस्थित एउटा फ्ल्याटमा दुई वर्षदेखि लिभिङ टुगेदरमा रमाउँदै आएको बताइन्छ । सिन्धुलीकी कमरेड गंगा दाहाल र शाही दुबै पूर्वविवाहित हुन् । दाहालका श्रीमान् विप्लव माओवादीको क्षेत्रीय सदस्य हुन् । उनीहरूबीच पारपाचुके भइसकेको छैन । तर, लामो समयदेखि सम्बन्ध तिक्ततापूर्ण रहँदै आएको छ ।
गंगाले सम्बन्धविच्छेद गर्न खोजेकी श्रीमान् अर्जुन राउतलाई केही दिनअघि प्रहरीले पोखराबाट समातेको छ । यसअघि अर्जुनले गंगाको नाममा खरिद गरेको एउटा जग्गा फिर्ता नगरेको कारण सम्बन्धविच्छेदको त्यान्द्रो अड्किरहेको बताइन्छ । कमल भने पूर्व माओवादी हुँदै नयाँ शक्तिको युवा अध्यक्षसमेत बनेका थिए । पछि एमालेमा प्रवेश गरे र एमाओवादीसँग एकता भएपछि इञ्चार्ज तोकिए ।
शाही धनकारी र दाहाल मनकारी भएपछि लिभिङ टुगेदरले मूर्तरूप लिएको समकालीनहरू बताउँछन् । शाहीसँग अद्भूत र विशेष खालको ‘क्षमता’ रहेको उनीहरू पनि स्वीकार्छन् । समकालीनहरूका अनुसार ‘कपडा पसलेले कपडा पट्याएझैँ शाहीले देखेपछि र मनले खाएपछि जो पनि पट्टिन्छन् ।’ गंगाले अर्जुनतिरकी छोरीलाई नजिकैको लिटिल एन्जेल्स स्कुलमा पढाउन सहज हुने भएकाले पनि त्यतै फ्ल्याट लिइएको हुनसक्ने बताइएको छ । – जनआस्थाबाट

सम्बन्धित समाचार

चुनाव जित्ने ढुक्क भएपछि झापा झर्दैछन् बालेन

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार

सुनको भाउ तोलामै ४२०० ले घट्यो

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार

खाडी संकटले पार्नसक्छ रेमिट्यान्समा असर

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार

बहुमतको दिशातर्फ अघि बढ्यो रास्वपा

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार