free website hit counter

ऐन नहुँदा जथाभावी विकिरणको प्रयोग बढ्यो

beemaadmin
२०७६ मंसिर २, सोमबार

काठमाडौं । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले विकिरणको उपयोगसम्बन्धी मापदण्ड बनाउने प्रयोजनका लागि पारमाणिक ऐन (न्युक्लियर एक्ट) संसद दर्ता गराएको भए पनि संसदबाट पास हुन नसक्दा विकिरणउपयोगसम्बन्धी मापदण्ड बन्न सकेको छैन । स्वास्थ्य संस्थाहरुमा जथाभावी रुपमा बिना लाइसेन्स विकिरणको उपयोग भइरहेको र त्यसले मानव स्वास्थ्यमा प्रतिकुल असर पारिरहेको अवस्थामा स्वास्थ्यसम्बन्धी मापदण्ड जारी नहुँदा जथाभावी विकिरण प्रयोगको कार्य रोकिन सकेको छैन । पारमाणिक पदार्थ व्यवस्थापन महाशाखाका प्रमुख एवं सहसचिव राजेन्द्रप्रसाद खनालका अनुसार ऐन जारी नहुँदा मापदण्डलाई अन्तिम रुप दिन नसकिएको र सो ऐनमै पारमाणिक अनुसन्धान केन्द्र स्थापना गर्ने उद्देश्य राखिएको र यो आर्थिक वर्षमा सो कार्यालय स्थापनाका लागि करिब ३० लाख बजेट समेत छुट्याइएको बताउनुभयो । ऐन जारी भएसँगै मापदण्ड जारी गर्ने र पारमाणिक अनुसन्धान केन्द्र स्थापना गरी विकिरणको उपयोगलाई व्यवस्थित गर्ने सरकारको योजना रहेको समेत उहाँले बताउनुभयो ।

सम्बन्धित समाचार

सुनको भाउ तोलामै ४२०० ले घट्यो

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार

खाडी संकटले पार्नसक्छ रेमिट्यान्समा असर

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार

बहुमतको दिशातर्फ अघि बढ्यो रास्वपा

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार

मुलुकको भविष्य कोर्दैछन् मतदाता

beemaadmin
२०८२ फाल्गुन २१, बिहीबार