free website hit counter

सानिमा लाइफद्वारा ९३ लाख मृत्यु दाबी भुक्तानी

beemaadmin
२०७८ श्रावण २६, मंगलवार

काठमाडौं । सानिमा लाइफ इन्स्योरेन्स कम्पनीमा बीमा गरेका बीमितको असामयिक निधन भएपछि निजका आश्रित परिवारलाई कम्पनीले ९३ लाख ५२ हजार ५०० रुपैयाँ दावी भुक्तानी गरेको छ ।

काठमाडौं निवासी बीमित प्रकाश पुडासैनीको असामयिक निधन भएपछि हकवाला श्रीमती सुवार्ना थापालाई सो रकम बराबरको चेक कम्पनीका मुख्य प्रबन्धक गुणराज श्रेष्ठ र अण्डरराईटिङ प्रमुख सुस्मिता राणाले संयुक्त रुपमा सोमबार हस्तान्तरण गरेका हुन्।

Advertisement
Advertisement

सानिमा लाइफ इन्स्योरेन्स कम्पनीमा दुई वर्ष अघि काठमाडौंका कागेश्वरी मनोहरा निवासी पुडासैनीले विभिन्न तीन वटा बीमा पोलिसी खरिद गरेका थिए । कूल ९० लाख रुपैयाँको बीमा गराएकोमा बीमाङ्क रकममा बोनस रकम थप गरी दावी भुक्तानी गरेको हो ।

Advertisement
Advertisement

व्यवसायी पुडासैनीले दम्पत्ति बीमा, बालसुलभ बीमा तथा आफ्नो व्यक्तिगत जीवन बीमा गराएका थिए । व्यक्तिगत जीवन बीमाको दावी भुक्तानी गरिएको भएपनि १० लाख रुपैयाँ दम्पत्ति बीमा र बालसुलभ बीमा १० लाख रुपैयाँको बीमाङ्कको दावी भुक्तानी पोलिसी परिपक्व भएपछि भुक्तानी हुने बताइएको छ ।

दुई जना सन्तान तथा श्रीमती रहेका पुडासैनी परिवारले अभिभावक गुमाए पनि भविष्यका लागि जीवन जिउने आधार भने उनले छाडेर गएका छन् ।

सम्बन्धित समाचार