free website hit counter

बैंकबाट यसरी निकालियो २० लाख

beemaadmin
२०७६ मंसिर ११, बुधबार

काठमाडौं । आर्थिक कारोबारका लागि सबैभन्दा सुरक्षित मानिएको बैंकलाई बेला बखत असुरक्षित बनाइदिने गरेको छ । बैंकको रकम ह्याक गरी निकाल्ने चिनियाँ गिरोह पक्राउ परी पुर्पक्षका लागि थुनामा गइसकेको बेला अर्को नेपाली गिरोह पक्राउ गर्न नेपाल प्रहरी सफल भएको छ । राजधानीका विभिन्न बैंकबाट करिब २० लाख रुपैयाँ अवैध रुपमा निकालिएको छ । नेपाल राष्ट्र बैंकको सूचनाका आधारमा काठमाडौं प्रहरी परिसर, टेकुले गरेको अनुसन्धानले लाखौं रुपैयाँ चोरी भएको पुष्टि भएको हो । चोरीमा संलग्न भएको आरोपमा ६ जनालाई पक्राउ गरिएको छ ।

पक्राउ पर्नेमा काभ्रेको पाँचखाल नगरपालिका-३ का १९ वर्षीय सुभाष श्रेष्ठ, १९ वर्षकै कुमार तामाङ, १८ वर्षीय मनिष घिमिरे, २१ वर्षीय अन्जन बराल, बागलुङगलकोट नगरपालिका-३ का २५ वर्षीय सुमन पौडेल र सिन्धुपाल्चोक ३० वर्षीय गोविन्द घिमिरे रहेका छन् । पक्राउ परेकाहरु सबै विद्यार्थी हुन् । उनीहरु मध्ये गोविन्द र अन्जन प्रमुख योजनाकार भएको प्रहरीको प्रारम्भिक अनुसन्धानबाट पत्ता लगाएको छ ।

रकम चोरी गर्न प्रयोग भएको शैली हेर्दा बैंकका कर्मचारीको सहयोगविना सम्भव नदेखिने अनुसन्धानमा संलग्न अधिकृतहरुको भनाइ छ । त्यही आधारमा प्रहरीले अनुसन्धान पनि गरिरहेको छ । बैंकबाट निकालिएको रकम र हस्ताक्षर मिलाउन अभ्यास गरेका रजिस्टरहरू । यो घटनामा फर्जी कागजको प्रयोगबाट चेक बनाएर अनाधकृत रुपमा रकम निकालेको पाइएको छ ।

उनीहरुले खातावालाको चेकमा रहेको हस्ताक्षर चोरी गरी सोही व्यक्तिको नाममा चेक हराएको निवेदन दिएर नयाँ सक्कली चेक नै लिएर रकम निकालेका कारण पनि प्रहरी बैंक कर्मचारीको मिलेमतो रहेको आशंकामा पुगेको हो । खातावालाको सक्कली भिसा कार्डसमेत लिएको पाइएकोले बैंक कर्मचारीको मिलेमतो र लापरबाही भएको हुन सक्ने भएकोले त्यसतर्फ अनसन्धान गरिरहेको बताइएको छ । पक्राउ परेका सबैलाई पाटन उच्च अदालतबाट ७ दिनको म्याद थप गरी थप अनुसन्धान सुरु गरिएको छ ।

सम्बन्धित समाचार

चुनाव जित्ने ढुक्क भएपछि झापा झर्दैछन् बालेन

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार

सुनको भाउ तोलामै ४२०० ले घट्यो

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार

खाडी संकटले पार्नसक्छ रेमिट्यान्समा असर

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार

बहुमतको दिशातर्फ अघि बढ्यो रास्वपा

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार