काठमाडौं । एलआईसी नेपालले उत्कृष्ट कार्य गर्ने अभिकर्ता तथा शाखा प्रमुखहरुलाई सम्मान गरेको छ । कम्पनीले चार सय भन्दा धेरैअभिकर्ताहरुलाई काठमाडौंमा सम्मान गरेको हो । कार्यक्रममा एलआईसी इण्डियाका नम्बर एक अभिकर्ता भरत पारेखले आफ्ना अनुभव सुनाएका थिए । एलआईसी नेपाल करिब २३ वर्ष अघि स्थापना भई निरन्तर बीमा सेवामा लागि रहेको कम्पनीले जनाएको छ । एलआईसी नेपालका सीईओ लक्ष्मीप्रसाद (एलपी) दासले विषय परिस्थितीमा पनि कम्पनीले बीमा सेवालाई निरन्तरता दिएको बताए । उक्त सफलतामा अभिकर्ताहरुको ठूलो हात रहेको सीईओ दासको भनाई छ ।