free website hit counter

कामनाले ल्यायो तिम्रै लागि मुद्दती र बचत खाता

beemaadmin
२०८० भाद्र ५, मंगलवार

काठमाडौँ । कामना सेवा विकास बैङ्कले आफ्ना ग्राहकवर्गहरुको सेवालाई मध्यनजर गर्दै नयाँ निक्षेप योजना सार्वजनिक गरेको छ । पारिवारिक सम्बन्धलाई मजबुत बनाउँदै, आफ्नो प्रियजनमा खुसी र आफ्नोपन सञ्चार गर्न उपहारको नयाँ परम्पराको सुरुवात स्वरूप “तिम्रै लागि” मुद्दती र बचत खाता सार्वजनिक गरेको हो । पछिल्लो समय आफन्तपन र पारिवारिक सम्बन्धको महत्वलाई लिएर विभिन्न पर्व, उत्सव तथा दिवसहरूमा उपहार दिने प्रचलन बढेकोमा यस्ता उपहार कुनै अफ्ठेरो अवस्थामा प्रयोग गर्न सकिने तथा आर्थिक सहयोगको समेत आभास हुने गरी उपहारको नयाँ परम्पराको सुरुवात गर्न बैङ्कले नयाँ निक्षेप योजना ल्याएको बैङ्कका प्रमुख कार्यकारी अधिकृत दिनेश थकालीले बताए । सम्वन्धपनको महत्त्व दर्साउँदै उक्त खाता हजुरबुबा हजुरआमा, बुबा आमा, श्रीमान् श्रीमती, दाजुभाइ, दिदीबहिनी, छोराछोरी तथा नातीनातिनाहरुले आफ्नो पारिवारिक सम्बन्ध भित्र जो कसैलाई पनि उपहार स्वरूप उक्त मुद्दती खाता उपहार गर्न सकिने बैङ्कले जनाएको छ । न्यूनतम रु. १० हजारमा नै खोल्न सकिने मुद्दती खातामा मासिक रूपमा व्याज प्राप्त गर्न सकिनेछ । उक्त खाता खोल्दा बैङ्कको मोबाइल तथा इन्टरनेट बैङ्किङ, लकर सुविधा र डेबिट कार्ड निःशुल्क प्राप्त गर्न सकिने छ । उक्त मुद्दती खातामा रहेको मौज्दातको ९० प्रतिशत सम्म कर्जा सुविधा तत्कालै प्राप्त गर्न सकिने बैङ्कले जनाएको छ । उपहारको नयाँ परम्पराको सुरुवात गर्नको लागि ल्यार्ईएको उक्त खातामा आवश्यकता अनुसार थप रकम जम्मा गर्दै समेत जान सकिने समेत विशेषता रहेको छ ।

सम्बन्धित समाचार

चुनाव जित्ने ढुक्क भएपछि झापा झर्दैछन् बालेन

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार

सुनको भाउ तोलामै ४२०० ले घट्यो

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार

खाडी संकटले पार्नसक्छ रेमिट्यान्समा असर

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार

बहुमतको दिशातर्फ अघि बढ्यो रास्वपा

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार