free website hit counter

चार जीवन बीमा कम्पनीको हकप्रद आउँदै

beemaadmin
२०८१ बैशाख २७, बिहीबार

काठमाडौं । पुँजी वृद्धिका लागि बीमा कम्पनीहरुले हकप्रद शेयरको सहारा लिन गालेका छन् । नियामक निकायको तारन्तारको ताकेतापछि बीमकहरु पुँजी वृद्धिका अनेक उपायको खोजीमा पुगेका हुन् ।
हालसम्म ४ वटा जीवन बीमा कम्पनीले हकप्रद सेयर निष्कासनको प्रक्रिया अघि बढाएको छ । लाइफ इन्स्योरेन्स कर्पोरेशन नेपाल, प्रभु महालक्ष्मी लाइफ, सन नेपाल लाइफ इन्स्योरेन्स र एशियन लाइफ इन्स्योरेन्ले पूँजी बढाउन हकप्रदको बाटो रोजेका छन् । जसमध्ये एलआइसी नेपाल र प्रभु महालक्ष्मी लाइफले नेपाल धितोपत्र बोर्ड सेबोनमा आवेदन समेत दिइसकेका छन् । एलआइसी नेपालले कायम चुक्तापूँजीको ८८ प्रतिशत अर्थात् १ः०.८८ अनुपातमा २ अर्ब ३४ करोड ६८ लाख रुपैयाँ बराबरको २ करोड ३४ लाख ६८ हजार कित्ता सेयर जारी गर्न बोर्डसँग अनुमति मागेको छ । हकप्रदपछि कम्पनीको पूँजी ५ अर्ब रुपैयाँ पुग्नेछ । त्यस्तै, प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्सले पनि चुक्तापूँजी बृद्धि गर्न हकप्रद निष्कासनको प्रक्रिया अघि बढाइसकेको छ । कम्पनीले कायम चुक्तापूँजीको १७ प्रतिशत हकप्रद जारी बोर्डमा निवेदन दिइसकेको छ । हकप्रद जारीपश्चात् कम्पनीको चुक्तापूँजी ५ अर्ब रुपैयाँ पुग्नेछ । कम्पनीको हालको चुक्तापूँजी ४ अर्ब २९ करोड ६० लाख रुपैयाँ छ । यता एशियन लाइफले पनि पुँजी बढाउन हकप्रद निष्कासन प्रक्रिया अघि सारिसकेको छ । कम्पनीले कायम चुक्तापुँजीको ४२ प्रतिशत अर्थात् १ः०.४२ अनुपातमा हकप्रद सेयर जारी गर्ने प्रस्ताव साधारण सभाबाट पारित गरिसकेको छ । हकप्रदपछि कम्पनीको चुक्तापुँजी ४ अर्ब ८२ करोड रुपैयाँ पुग्नेछ । साथै प्रिमियम मूल्यमा आईपीओ जारी गरेको सन नेपाल लाइफले पनि प्राधिकरणले तोकेको न्यूनतम पूँजी पुर्याउन हकप्रदको बाटो राजेको छ । कम्पनीले गत आवको मुनाफाबाट सेयरधनीहरुलाई २३.८० प्रतिशत बोनस सेयर प्रस्ताव गरेको छ । बोनसपछि कायम हुने चुक्तापूँजी ३ अर्ब ९६ करोढ १६ लाख रुपैयाँको २७ प्रतिशत अर्थात् १ः०.२७ अनुपातमा हकप्रद निष्कासन गर्ने तयारी गरेको छ । कम्पनीले उक्त प्रस्ताव जेठ ९ गते बस्ने वार्षिक साधारण सभामा पेश गर्ने निर्णय गरेको छ । हकप्रदपछि कम्पनीको पूँजी ५ अर्ब रुपैयाँ पुग्नेछ ।

सम्बन्धित समाचार