free website hit counter

आईएमई लाइफ इन्स्योरेन्स कम्पनी

beemaadmin
२०७६ भाद्र २१, शनिबार

कम्पनी ऐन २०६३ अन्तर्गत मिति २०६५/०६/१५ मा पब्लीक लिमिटेड कम्पनीको रूपमा दर्ता भई बीमा ऐन २०४९ अन्तर्गत बीमा व्यवसाय सञ्चालन गर्न पाउने बीमा समितिबाट इजाजत प्राप्त यस कम्पनीको दर्ता नं. १०८३/०६५/०६६ रहेको छ भने व्यवसायिक रूपमा कार्य सञ्चालन वि.सं. २०७४ साल भदौ  १ गतेबाट प्रारम्भ भएको छ ।

– अधिकृत पूँजी– तीन सय करोड रूपैयाँ (तीन अर्ब) ।

– जारी पूँजी – दुई सय करोड रूपैयाँ (दुई अर्ब)

– चुक्ता पूँजी– एक सय चालिस करोड रूपैयाँ (१ अर्ब ४० करोड) वा जारी पूँजीको ७० प्रतिशत भई ६० करोड रूपैयाँ वा जारी पूँजीको ३० प्रतिशत सर्वसाधारणमा शेयर विक्रि गरी चुक्ता पूँजी दुई अर्व पु¥याउने लक्ष्य छ ।

 

पुनर्बीमाको व्यवस्था–

यस कम्पनी तथा बीमालेखको पुनर्बीमा सम्झौता नेपाल पुनर्बीमा कम्पनी लिमिटेडसँग गरिएको छ ।

 

लगानीकर्ता

आइएमई समुहको लगानीमा आइएमई लाइफ ई. क. लि. स्थापना भएको छ ।

 

आइएमई समूहको  (IME Group) परिचय

सन् २००१ मा स्थापित भई विभिन्न क्षेत्रमा विश्वसनिय र गुणस्तरीय सेवा प्रदान गर्दै आएको यस समूहको नेपालमा प्रतिष्ठत र अग्रणी भूमिका छ । यस समूहले विविध प्रकारका व्यवसायिक क्षेत्रहरू जस्तैः रेमिट्यान्स, इन्स्योरेन्स, बैंकिङ्ग, हाइड्रो, ग्याँस, मोटर, पर्यटन, आइटी, र विविध विकासोन्मुख क्षेत्रमा सुरक्षित लगानी गर्न सक्षम भई राज्यको अर्थतन्त्रमा ठूलो टेवा पु¥याई नेपाली नागरिकको बेरोजगारीको समस्या केही हदसम्म कम गर्न सपल भएको छ । यस समूहले लगानी गरेर स्थापना भएका सफल प्रमुख कम्पनीहरू निम्नप्रकारका छन् ।

– आइएमई लिमिटेड

– आइएमई लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेड

– आइएमई जनरल इन्स्योरेन्ट कम्पनी लिमिटेड

– ग्लोबल आइएमई बैंक लिमिटेड

– आइएमई सहकारी सेवा लिमिटेड

– चन्द्रागिरी हिल्स लि. (केवलकार लगायत)

– आइएमई मोटर्स प्रा.लि.

– हिमालयन पावर पाटनर्स लिमिटेड

– स्विफ्ट टेक्नोलोजी प्रा.लि.

– डिस मिडिया नेटवर्क प्रा.लि.

– माउन्ट पुमोरी एयर कार्गाे प्रा.लि.

– ग्लोबल आइएमई क्यापिटल लि.

 

सूचना प्रविधिको प्रयोग

यस कम्पनीको सूचना तथा अन्य प्रविधि स्तरीय र विश्वसनिय बनाई छिटो छरितो रूपमा कार्य सम्पन्न गर्न सक्ने प्रयोग गरी समयको आवश्यकता अनुसार परिमार्जन गर्दै लैजाने प्रतिबद्धता जाहेर गरिएको छ । यस कम्पनीको प्रविधि स्वदेशी, स्तरीय र लामो समयसम्म प्रयोग गरिएको सफल सफट्वेय प्रयोग गरिएको छ । यसको नाम सिद्धि लाइफ  (Siddhi Life) सफ्टवेयर हो । यसबाट यस कम्पनीको प्रत्येक शाखाबाट ग्राहकहरूलाई सर्वसुलभ सेवा दिन सजिलो हुन्छ । यस बीमा कम्पनीले बजारमा बिक्रि गरिने बीमालेखहरू निम्न अनुसारका छन् र एक अर्काेमा फरक सेवा, सुविधा पाइन्छ ।

 

सम्बन्धित समाचार

सुनको भाउ तोलामै ४२०० ले घट्यो

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार

खाडी संकटले पार्नसक्छ रेमिट्यान्समा असर

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार

बहुमतको दिशातर्फ अघि बढ्यो रास्वपा

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार

मुलुकको भविष्य कोर्दैछन् मतदाता

beemaadmin
२०८२ फाल्गुन २१, बिहीबार