free website hit counter

गभर्नर छान्ने जिम्मा समितिलाई

beemaadmin
२०८१ चैत्र १, शुक्रबार

काठमाडौं । गभर्नर नियुक्तिका लागि तीन सदस्यीय सिफारिस समिति सरकारले गठन गरेको छ । मन्त्रिपरिषदको फागुन २६ गते बसेको बैठकले सिफारिस समिति गठन भएको हो । समितिमा संयोजक अर्थमन्त्री विष्णुप्रसाद पौडेल र सदस्यमा डा. विश्वनाथ पौडेल र पुर्वगभर्नर विजयनाथ भट्टराई रहेका छन् । नेपाल राष्ट्र बैंकका वर्तमान गभर्नरको पदावधि यही आउँदो चैतमा सकिँदै छ। उनको पदावधि सकिन लाग्दै गर्दा यता सरकारले नयाँ गभर्नर नियुक्ति प्रक्रिया सुरु गरेको छ। उक्त गठित समितिले गभर्नरको लागि तीन जनाको नाम सिफारिस गर्ने छ। जसमा डेपुटी गभर्नरमध्ये १ जनाको नाम सिफारिस गर्नै पर्ने व्यवस्था छ। जस बमोजिम हाल डेपुटी गभर्नर रहेका निलम ढुङ्गाना, बमबहादुर मिश्रमध्ये एक जना पक्का सिफारिसमा पर्ने छन्। उनीहरू सिफारिसमा त पर्ने नै छन्। तर उनीहरूले यस अघि नै लबिङ सुरु गरिसकेका छन्। राष्ट्र बैंकको इतिहासमा राष्ट्र बैंकमा नै काम गरेकाहरू गभर्नर भएको प्रशस्तै उदाहरण छन्। जसले गर्दा उनीहरूको सम्भावनालाई पनि नकार्न सकिँदैन। यस पटक गभर्नर नेपाली काँग्रेसको पोल्टोमा पर्ने अनुमान गरिएको छ। किनकि प्रमुख निर्वाचन आयुक्तको समय पनि सकिँदै छ। एमालेले आउँदो निर्वाचनलाई महत्त्व दिने सम्भावना छ। जसले गर्दा उसले गभर्नर काँग्रेसलाई दिएर प्रमुख निर्वाचन आयुक्त लिने सम्भावना बढी छ। त्यसकारण एमाले निकटहरूको सम्भावना यस पटक अलि कम हुन सक्छ। चाहना गर्नेमा यस अघि लगानी बोर्डमा सिइओ भइसकेका सुशील भट्टसमेत लर्बिङमा छन्। अर्को तर्फ पूर्वअर्थ सचिव रामेश्वर खनाल पनि गभर्नरका आंकाक्षी हुन्। तर उनीहरूले अहिलेसम्म आफ्नो मत जाहेर गरिसकेका छैनन्। सरकाले पत्याएर दिए उनीहरूले गभर्नर पद छाड्ने छैनन्।

सम्बन्धित समाचार

बालेनको मत ३९ हजार नाघ्यो

beemaadmin
२०८२ फाल्गुन २३, शनिबार

चुनाव जित्ने ढुक्क भएपछि झापा झर्दैछन् बालेन

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार

सुनको भाउ तोलामै ४२०० ले घट्यो

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार