free website hit counter

नेपाल राष्ट्र बैंकको कार्यवाहक गभर्नरमा डा. नीलम ढुंगाना

beemaadmin
२०८१ चैत्र २४, आईतवार

काठमाडौं । नेपाल राष्ट्र बैंकको गभर्नरको पदबाट महाप्रसाद अधिकारी विदा भएका छन् । २०७६ सालको चैत २४ गतेदेखि गभर्नरको भूमिकामा नियुक्त भएका अधिकारीकार ५ वर्षे कार्यकाल आजदेखि सकिएको हो । राष्ट्र बैंकबाट गभर्नर अधिकारीलाई गत साताकोशुक्रबार नै विदाई गरिएको थियो । डेपुटी गभर्नरद्वय डा। नीलम ढुंगाना र बमबहादुर मिश्रले उनलाई एक कार्यक्रमकाविच विदाई गरेका थिए । शुक्रबार विदाई भएपनि शनिबारसम्म गभर्नर अधिकारी नै पदमा थिए । तर, आजदेखि स्वतः कार्यकाल सकिएकाले गभर्नर अधिकारी विदा भएसँगै वरिष्ठताका आधारमा डा. नीलम ढुंगाना कार्यवाहक गभर्नर बनेकी हुन् । नेपाल सरकार मन्त्रीपरिषद्ले १८औं गभर्नर नतोक्दासम्म ढुंगाना नै कायम मुकायम हुन्छिन् । मन्त्रीपरिषद्को बैठकले यही साता नयाँ गभर्नर तोक्ने निश्चित छ । अर्थमन्त्री विष्णुप्रसाद पौडेल नेतृत्वमा ३ सदस्यीय सिफारिस समिति बनिसकेको छ । सम्भवत समितिले भोलि सोमबारको मन्त्रीपरिषद् अघि नै नाम सिफारिस गर्ने छ । र, भोलि नै राष्ट्र बैंकले १८औं गभर्नर पाउनेछ ।

सम्बन्धित समाचार

चुनाव जित्ने ढुक्क भएपछि झापा झर्दैछन् बालेन

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार

सुनको भाउ तोलामै ४२०० ले घट्यो

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार

खाडी संकटले पार्नसक्छ रेमिट्यान्समा असर

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार

बहुमतको दिशातर्फ अघि बढ्यो रास्वपा

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार