काठमाडौं । नेपाल राष्ट्र बैंकको गभर्नरको पदबाट महाप्रसाद अधिकारी विदा भएका छन् । २०७६ सालको चैत २४ गतेदेखि गभर्नरको भूमिकामा नियुक्त भएका अधिकारीकार ५ वर्षे कार्यकाल आजदेखि सकिएको हो । राष्ट्र बैंकबाट गभर्नर अधिकारीलाई गत साताकोशुक्रबार नै विदाई गरिएको थियो । डेपुटी गभर्नरद्वय डा। नीलम ढुंगाना र बमबहादुर मिश्रले उनलाई एक कार्यक्रमकाविच विदाई गरेका थिए । शुक्रबार विदाई भएपनि शनिबारसम्म गभर्नर अधिकारी नै पदमा थिए । तर, आजदेखि स्वतः कार्यकाल सकिएकाले गभर्नर अधिकारी विदा भएसँगै वरिष्ठताका आधारमा डा. नीलम ढुंगाना कार्यवाहक गभर्नर बनेकी हुन् । नेपाल सरकार मन्त्रीपरिषद्ले १८औं गभर्नर नतोक्दासम्म ढुंगाना नै कायम मुकायम हुन्छिन् । मन्त्रीपरिषद्को बैठकले यही साता नयाँ गभर्नर तोक्ने निश्चित छ । अर्थमन्त्री विष्णुप्रसाद पौडेल नेतृत्वमा ३ सदस्यीय सिफारिस समिति बनिसकेको छ । सम्भवत समितिले भोलि सोमबारको मन्त्रीपरिषद् अघि नै नाम सिफारिस गर्ने छ । र, भोलि नै राष्ट्र बैंकले १८औं गभर्नर पाउनेछ ।