free website hit counter

सिटिजन लाइफको सीईओमा पौडेलकै निरन्तरता

beemaadmin
२०८२ मंसिर २१, आईतवार

काठमाडौं । अग्रणी जीवन बीमा कम्पनी सिटिजन लाइफ इन्स्योरेन्स कम्पनीको प्रमुख कार्यकारी अधिकृत (सीईओ)मा पुनः पोषकराज पौडेल नियुक्त भएका छन्।बीमा र वित्तीय क्षेत्रमा लामो अभुनव भएका पौडेललाई कम्पनी सञ्चालक समितिको मंसिर १९ गते बसेको बैठकले पुनः सीईओमा नियुक्त गर्ने निर्णय गरेको हो। उनको थपिएको ४ वर्षे कार्यकाल पुस ३० गतेबाट लागू हुनेछ। पाैडेल बीमा क्षेत्रमा बौद्धिक तथा स्वच्छ छवि बनाएका व्यक्तित्व हुन्। उनले सिटिजन लाइफलाई ८ वर्षमा अब्बल संस्था बनाउन अहम् भूमिका निर्वाह गरेका छन्। पौडेलको हालको दोस्रो कार्यकाल अवधि यही पुस मसान्तबाट सकिँदैछ। उनी सिटिजन लाइफको सीईओमा २०७४ माघमा नियुक्त भएका थिए। सीईओ पौडेलसँग बैंक, बीमा तथा वित्तीय क्षेत्रमा ३ दशकभन्दा लामो समय बिताइसकेका छन्। सिटिजनमा आउनुअघि उनी अमेरिकन लाइफ इन्स्योरेन्स कम्पनी मेटलाइफमा वित्त प्रमुखका रुपमा कार्यरत थिए। त्रिभुवन विश्वविद्यालयबाट एमबीए तथा एसीएस र एफएलएमआई (यूएसए) को अध्ययन पूरा गरेका पौडेलले स्वदेश र विदेशमा नेतृत्व विकास तथा व्यवस्थापन विषयमा तालिमसमेत लिएका छन्।

सम्बन्धित समाचार

चुनाव जित्ने ढुक्क भएपछि झापा झर्दैछन् बालेन

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार

सुनको भाउ तोलामै ४२०० ले घट्यो

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार

खाडी संकटले पार्नसक्छ रेमिट्यान्समा असर

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार

बहुमतको दिशातर्फ अघि बढ्यो रास्वपा

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार