free website hit counter

श्रममन्त्री साह भए पदमुक्त

beemaadmin
२०८२ चैत्र २६, बिहीबार

काठमाडौं । श्रम, रोजगार तथा सामाजिक सुरक्षाममन्त्री दीपककुमार साह पदमुक्त भएका छन् । शाहले आफ्नी श्रीमतीलाई पदीय जिम्मेवार दिएपछि राष्ट्रिय स्वतन्त्र पार्टी रास्वापाको सिफारिसमा प्रधानमन्त्री बालेन्द्र शाहले मन्त्री साहलाई पदमुक्त गरेका हुन् । मन्त्री साह एकपछि अर्को विवादमा मुछिएका घटनाहरु सार्वजनिक भएपछि प्रधानमन्त्री शाहले चासो देखाएर रास्वपाका नेताहरुसँग छलफल गरेका थिए । गत चैत १३ गते मन्त्री नियुक्त भएका आफ्नै श्रीमती जुनु श्रेष्ठलाई स्वास्थ्य बिमा बोर्डमा नियुक्ति दिलाइएका थिए ।

स्वास्थ्य मन्त्रीलाई सचेत गराइयो
प्रधानमन्त्री बालेन्द्र शाहले स्वास्थ्यमन्त्री निशा मेहतालाई ‘सचेत’ गराएका छन्। राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाका सभापति रवि लामिछानेको सिफारिसमा प्रधानमन्त्री शाहले मन्त्री मेहतालाई सचेत गराएका हुन्। श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री दीपककुमार साहले श्रीमती जुनु श्रेष्ठलाई स्वास्थ्य बीमा बोर्डको सदस्यका रूपमा नियमित कार्यमा संलग्न गराउँदा स्वास्थ्यमन्त्री मेहताले आफ्नो जिम्मेवारीप्रति गम्भीरता नदेखाएको सभापति लामिछानेले बताएका छन्। यस प्रकरणमा प्रधानमन्त्रीले श्रममन्त्री साहलाई पदमुक्त गरिसकेका छन्। प्रधानमन्त्री शाहले रास्वपाको सिफारिसअनुसार बिहीबार साहलाई मन्त्री पदबाट हटाउने निर्णय गरेका हुन्। रास्वपा सभापति लामिछानेले श्रममन्त्री साहले मन्त्री पदमा बहाल रहँदा पदीय मर्यादाको दुरुपयोग गरी श्रीमतीलाई लामो समयदेखि निष्क्रिय रहेको स्वास्थ्य बीमा बोर्डको सदस्यका रूपमा नियमित कार्यमा संलग्न गराएको भन्दै कारबाहीका लागि प्रधानमन्त्रीसमक्ष सिफारिस गरेका थिए। यसअघि बुधबार नै रास्वपाको केन्द्रीय अनुशासन आयोगले यस विषयमा विस्तृत अध्ययन गरी साहलाई कारबाही गर्नुपर्ने प्रतिवेदन पार्टीसमक्ष पेस गरेको थियो। मन्त्री साहको यस्तो गतिविधिबाट पार्टीको छवि, आदर्श, सिद्धान्त र मर्यादामा गम्भीर आँच पुग्ने देखिएको निष्कर्षसहित रास्वपा सभापति लामिछानेले प्रधानमन्त्री शाहसमक्ष आयोगको प्रतिवेदनसहित सिफारिस पेस गरेका थिए।

सम्बन्धित समाचार