free website hit counter

गृहमन्त्री सुधन गुरुङद्वारा राजीनामा घोषणा

beemaadmin
२०८३ बैशाख ९, बुधबार

काठमाडौँ  । गृहमन्त्री सुधन गुरुङले आफ्नो पदबाट राजीनामा दिएका छन्। उनले एक विज्ञप्ति जारी गर्दै राजीनामाको घोषणा गरेका हुन्।

सामाजिक सञ्जालमार्फत उनले लेखेका छन्, “मसँग सम्बन्धित विषयमा निष्पक्ष छानबिन होस् र पदमा रहँदा स्वार्थको द्वन्द्व नदेखियोस् तथा त्यसमा कुनै प्रभाव नपरोस् भन्ने उद्देश्यले मैले आजकै मितिदेखि लागू हुने गरी गृहमन्त्री पदबाट राजीनामा दिएको छु।”

Advertisement
Advertisement

पछिल्ला दिनहरूमा आफ्नो सेयर लगायतका विषयमा नागरिकस्तरबाट उठेका प्रश्न, टिप्पणी र जनचासोलाई उनले गम्भीरतापूर्वक लिएको बताएका छन्।

Advertisement
Advertisement

गुरुङ चैत १३ गते गृहमन्त्रीमा नियुक्त भएका थिए। उनले आफूले नैतिक जिम्मेवारी निर्वाह गरेको उल्लेख गर्दै आम सञ्चारकर्मी, नेपाली दाजुभाइ–दिदीबहिनी तथा युवाहरूलाई सत्य, इमानदारी र आत्मशुद्धिको मार्गमा अघि बढ्न आग्रह गरेका छन्।

उनको वक्तव्यमा भनिएको छ कि पदभन्दा ठूलो कुरा नैतिकता र जनविश्वास हो। देशमा सुशासन, पारदर्शिता र जवाफदेहिताको माग बढिरहेका बेला सार्वजनिक जीवन स्वच्छ र उत्तरदायी हुनुपर्ने आवश्यकता औँल्याइएको छ।

उनले आफ्नो विषयमा निष्पक्ष अनुसन्धानका लागि मार्ग प्रशस्त गर्न राजीनामा दिएको स्पष्ट पारेका छन्। उनले परिवर्तनका लागि सबैले त्याग, नैतिक साहस र इमानदारी अपनाउनुपर्ने सन्देश दिएका छन्।

सम्बन्धित समाचार