free website hit counter

देशभर २५५ थपिँदा उपत्यकामा २३ कोरोना संक्रमित

beemaadmin
२०७७ असार २५, बिहीबार

काठमाडौं । राजधानीमा कोरोना संक्रमित थपिनेक्रममा छन् । पछिल्लो २४ घण्टामा उपत्यकामा २३ सहित देशभर २५५ जनालाई कोरोना भाइरस रोगका संक्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता प्रा डा जागेश्वर गौतमले नियमित प्रेस ब्रिफिङमा यस्तो जानकारी दिनुभयो । उहाँका अनुसार काठमाडौंका १६ र ललितपुरका ७ सहित देशका २५ वटा प्रयोगशालामा गरिएको परीक्षणमा विभिन्न जिल्लामा गरि २५५ जनालाई कोरोना पुष्टि भएको जानकारी दिनुभयो । हालसम्म संक्रमितको संख्या १६ हजार ४२३ पुगेको छ । गौतमका अनुसार २५३ जना डिस्चार्ज भएका छन् । हालसम्म डिस्चार्ज हुनेको संख्या ७ हजार ७७५पुगेको छ । क्वारिन्टनमा २५ हजार ४० जना बसिरहेका छन् भने ८ हजार ६३६ जना संक्रमित आइसोलेसनमा रहेका छन् । पछिल्लो २४ घण्टामा ४ हजार ६९६ जनाको पीसीआर परीक्षण भएको छ । हाल धनकुटा, भोजपुर, हुम्ला, मुस्ताङ र सोलुखुम्बु जिल्लामा हाल एक जना कोरोना संक्रमित छैनन् । प्रदेश २ को महोत्तरी र रौतहट, प्रदेश ५ मा पाल्पा र सुदुपश्चिममा अछाम,कैलाली र बाजुरामा ५ सयभन्दा बढी एक्टिभ केस रहेको गौतमले जानकारी दिनुभयो ।

सम्बन्धित समाचार

बालेनको मत ३९ हजार नाघ्यो

beemaadmin
२०८२ फाल्गुन २३, शनिबार

चुनाव जित्ने ढुक्क भएपछि झापा झर्दैछन् बालेन

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार

सुनको भाउ तोलामै ४२०० ले घट्यो

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार