free website hit counter

शिखर इन्स्योरेन्सले माग्यो हकप्रद निष्काशनको अनुमति

beemaadmin
२०७६ कार्तिक ५, मंगलवार

काठमाडौं । चुक्ता पुँजीको मापदण्ड तोकिदिएपछि बिमा कम्पनीहरुलाई चुक्ता पुँजी पुर्याउने चटारो छ । शिखर इन्स्योरेन्सले पूँजी वृद्धि गर्न चुक्ता पूँजीको ३० प्रतिशत हकप्रद निष्काशन अनुमतिका लागि नियामक निकाय नेपाल धितोपत्र बोर्डमा निवेदन दिएको छ ।
इन्स्योरेन्सले असोज २८ गते १० बराबर ३ अनुपातमा प्रति शेयर १०० अंकित मूल्यका ३१ लाख ७१ हजार ९ सय ३२ कित्ता हकप्रद निष्काशनका लागि निवेदन दिएको हो।
बीमा समितिले निर्जीवन बीमा कम्पनीलाई तोकेको न्यूनतम १ अर्ब चुक्ता पूँजी पुर्याए पनि कम्पनीको व्यवसाय विस्तारको जोखिम बहन गर्ने क्षमताको बढाउन हकप्रद बिक्री गर्न लागेको कम्पनीले जनाएको छ ।
शिखर इन्स्योरेन्सले ठूला जोखिम तथा सम्पत्तीहरुको बीमा गर्दा कम्पनीको बहन क्षमता विकास गर्न नेटवर्थलाई थप वृद्धि गर्न आवश्यक भएका कारण चुक्ता पूँजी वृद्धि गर्नुपर्ने भएका कारण हकप्रद निष्काशन गर्न लागेको जनाएको छ ।
इन्स्योरेन्सको गत साउन २८ गते सम्पन्न चौधौं वार्षिक साधारण सभाबाट हकप्रद निष्काशन गर्ने प्रस्ताव पारित भएको थियो। हकप्रद शेयर बिक्री गर्ने जिम्मेवारी एनआईबिएल क्यापिटललाई दिइएको छ।
हाल कम्पनीको चुक्ता पूँजी १ अर्ब ५ करोड रहेको छ। हकप्रद बिक्री पश्चात कम्पनीको चुक्ता पूँजी १ अर्ब ३७ करोड ४५ लाख पुग्नेछ।

सम्बन्धित समाचार

चुनाव जित्ने ढुक्क भएपछि झापा झर्दैछन् बालेन

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार

सुनको भाउ तोलामै ४२०० ले घट्यो

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार

खाडी संकटले पार्नसक्छ रेमिट्यान्समा असर

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार

बहुमतको दिशातर्फ अघि बढ्यो रास्वपा

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार