free website hit counter

ग्लोबल आईएमई बैंकले दियो गण्डकी प्रदेशलाई आर्थिक सहयोग

beemaadmin
२०७७ असार २६, शुक्रबार

काठमाडौं । संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत ग्लोबल आईएमई बैंकले कोरोना रोकथाम तथा नियन्त्रणका लागि गण्डकी प्रदेश सरकारलाई रु. १० लाख सहयोग गरेको छ । बिहीबार एक कार्यक्रमकाबीच बैंकको गण्डकी प्रादेशिक कार्यालय प्रमुख महेश सिलवालले गण्डकी प्रदेश सरकारका मुख्यमन्त्री पृथ्वी सुब्बा गुरुङलाई उक्त रकमको चेक हस्तान्तरण गरेका हुन् ।
उक्त कार्यक्रममा बोल्दै मुख्यमन्त्री गुरुङले कोराना रोकथाम तथा नियन्त्रणका लागि सहयोग प्रदान गरेकोमा बैंकलाई धन्यवाद दिए । कोभिड – १९ ले आम विश्व समुदायलाई त्रसित बनाइरहेको अवस्थामा नेपाल र नेपाली उच्च जोखिममा रहेको यस घडीमा यस योगदानबाट यो भाईरस विरुद्व लड्न थप प्रेरणा र सहयोग हुने विश्वास बैंकले लिएको छ । बैंकले स्थापनाकालदेखि नै दैवी तथा अन्य विपत्तीको अवस्थामा आफ्नो सामाजिक उत्तरदायित्वलाई प्राथमिकतामा राखेर विभिन्न कार्यहरुमा सहयोग गर्दै आएको छ भने आगामी दिनहरुमा समेत यस्तो सहयोग लाई निरन्तरता दिने प्रतिबद्धता जनाएको छ ।

सम्बन्धित समाचार

हिमालयन लाइफको साधारणसभा सम्पन्न

beemaadmin
२०८१ फाल्गुन १२, सोमबार

नेप्सेको सीइओ नियुक्तिको लागि समिति गठन

beemaadmin
२०८१ फाल्गुन १२, सोमबार

नेपाल बैंकले चैतमा साधारण सभा गर्ने

beemaadmin
२०८१ फाल्गुन ११, आईतवार