free website hit counter

बक्यौता नतिरेपछि हेलो नेपालको लाइसेन्स खारेज

beemaadmin
२०७६ भाद्र ७, शनिबार

काठमाडौं । नेपाल दूरसञ्चार प्राधिकरणले दिएको पटक–पटकको म्यादमा बक्यौता नतिरेपछि दूरसञ्चार सेवा प्रदायक नेपाल स्याटेलाइट कम्पनीको अनुमति पत्र नेपाल दूरसञ्चार प्राधिकरणले खारेज गरेको छ । यो कम्पनी विवादास्पद व्यवसायी अजेयराज सुमार्गीको हो । हेलो नेपाल नामबाट सेवा प्रदान गर्दै आएको उक्त दूरसञ्चार कम्पनीले प्राधिकरणलाई करिब ८० करोड रुपैयाँ बक्यौता बुझाउन बाँकी छ । प्राधिकरणबाट नेपाल स्याटेलाइटले ग्रामीण दूरसञ्चार सेवाको अनुमतिपत्र पाएको थियो । उसले मध्यपश्चिमाञ्चल, पश्चिमाञ्चल र सुदूरपश्चिमाञ्चल विकास क्षेत्रका दुर्गम स्थानमा सेवा पु¥याउने शर्तमा २०६४ फागुन ५ मा अनुमतिपत्र पाएको थियो । पटक–पटक बक्यौता चुक्ता गर्न प्राधिकरणले ताकेता गरे पनि बक्यौता रकम बुझाएको थिएन ।

सम्बन्धित समाचार

चुनाव जित्ने ढुक्क भएपछि झापा झर्दैछन् बालेन

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार

सुनको भाउ तोलामै ४२०० ले घट्यो

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार

खाडी संकटले पार्नसक्छ रेमिट्यान्समा असर

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार

बहुमतको दिशातर्फ अघि बढ्यो रास्वपा

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार