free website hit counter

मृतकका परिवारलाई बीमा दाबी भुक्तानी

beemaadmin
२०७७ असार ३०, मंगलवार

काठमाडौं । दुर्घटनामा परी असामयिक निधन भएका व्यक्तिका परिवारालई नेपाल बङ्गलादेश बैंक लिमिटेडले बीमा दाबी रकम भुक्तानी गरेको छ । बैंकले ल्याएको बचत खाता योजनाको बीमा सुविधा अन्तर्गतको बीमा रकम दाबी भुक्तानी गरेको हो । यस अन्तर्गत बैंकको धनकुटा जिल्लामा रहेको सिंधुवा शाखाका कर्मचारी बचत खातावाहक शाङ्गे शेर्पाको दुर्घटनामा परी असामाहिक निधन भएकोमा सो खातामा रहेको बीमा सुविधा अन्तर्गत दुर्घटना बीमा वापतको प्राप्त रकम १५ लाख स्वर्गीय शेर्पाकी पत्नी श्रीमती पेमलमु शेर्पालाई बैंकका नायब प्रमुख कार्यकारी अधिकृत सुरेन्द्र भूषण श्रेष्ठले हस्तान्तरण गरे । बैंकले असार २९ गते बैकको केन्द्रिय कार्यालय कमलादी काठमाडौंमा एक कार्यक्रमको बीच उक्त रकम हस्तान्तरण गरेको हो । बैंकले आफ्ना ग्राहकहरुलाई विभिन्न खालका सुविधाहरु दिंदै आएको परिप्रेक्ष्यमा यस प्रकारको प्रयासबाट मृत्यु भएका ग्राहकको परिवारको आर्थिक हित हुने अपेक्षा रहेको छ ।

सम्बन्धित समाचार