free website hit counter

दारुमा लठ्ठिएर ज्यान लिने बूढानिलकण्ठ दुर्घटनाका चालक पाँच लाख धरौटीमा छुटे

beemaadmin
२०७७ श्रावण १, बिहीबार

काठमाडौं। दुर्घटना भवितव्य हो । तर कोही चालक मदिरामा लठ्ठ भएर सोझै अरुको ज्यान लिन उद्दत हुन्छ भने त्यसलाई दुर्घटना भन्न मिल्छ कि मिल्दैन ? गत मंसिरमा बुढानीलकण्ठमा भएको कार दुर्घटनाका चालक पृथ्वी मल्ललाई सर्वोच्च अदालतले पाँच लाख धरौटीमा रिहा गरेको छ। जिल्ला अदालत, र उच्च अदालतले काठमाडौंले सवारी ज्यान सम्बन्धी मुद्दामा पुर्पक्षका लागि थुनामा राख्ने आदेश दिएपछि मल्ल सर्वोच्च अदालत गएका थिए। सर्वोच्चले मल्ललाई धरौटी माग गरी रिहा गर्ने आदेश दिएको हो। मदिरा सेवन गरी गाडी चलाएर दुघर्टना गरेको आरोपमा उनलाई १० बर्षको कैद सजाय माग गरिएको थियो। काठमाडौं जिल्ला अदालतले २०७६ पुस २३ गते पुर्पक्षका लागि थुनामा पठाउने आदेश गरेको थियो। जिल्लाले थुनामा पठाएपछि मल्ल उच्च अदालत पाटन पुगेका थिए। उच्चले पनि जिल्लाकै आदेश सदर गरेपछि उनीहरु सर्वोच्च पुगेका थिए। २८ मंसिरमा बुढानिलकण्ठ–५ मा बा १४ च ६१२३ नम्बरको कारले ठक्कर दिँदा पैदलयात्रु गोरखा घर भई विष्णुमती बस्ने ४२ वर्षीया लिला देवकोटाको मृत्यु भएको थियो। अत्यधिक मादक पदार्थ सेवन गरेका चालक मल्लले अनियन्त्रित ढंगले कार चलाउँदा देवकाटाको मृत्यु भएपछि उनलाई प्रहरीले पक्राउ गरी अनुसन्धान गरेको थियो। कारमा मल्लसहित करिश मास्के, एलिना थापा र परमिता राणा रहेकी थिइन। लिलालाई ठक्कर दिने २१ वर्षीय मल्ल र २० वर्षीय करिश मास्केलाई प्रहरीले तत्कालै पक्राउ गरेको थियो। कारको ठक्करबाट कम्मरमाथिको भागमा ठूलो चोट लागेकी लिलालाई नजिककैको न्यूरो अस्पतालमा लगिएको भएपनि अस्पताल पुर्याएपछि चिकित्सकले मृत घोषित गरेका थिए।

सम्बन्धित समाचार

चुनाव जित्ने ढुक्क भएपछि झापा झर्दैछन् बालेन

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार

सुनको भाउ तोलामै ४२०० ले घट्यो

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार

खाडी संकटले पार्नसक्छ रेमिट्यान्समा असर

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार

बहुमतको दिशातर्फ अघि बढ्यो रास्वपा

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार