काठमाडौं । सामाजिक दूरी, लकडाउन लगायत अनेक समस्याका कारण दुई पाङ्ग्रे सवारीको बजार विस्तार भइरहेको छ । यही बेला सुजुकी मोटरसाइकल तथा स्कुटरको नेपालका लागि आधिकारिक आयातकर्ता तथा वितरक भिजी अटोमोबाईल्स प्रालिले आफ्ना ग्राहकलाई मध्यनजर गर्दै कोरोना विशेष स्किमको घोषणा गरेको छ। बिगत तीन महिनाबाट लकडाउनले पारेकौ आर्थिक असरलाई केही सहज मिलौस भन्ने हेतुले उतारचढाव आइरहन्छ, सुजुकीको साथ रहिरहन्छु भन्ने मुल नारा राखेर प्रत्येक मोटरसाइकल तथा स्कुटरको खरिदमा १५ हजार नगद छुट वा सून्य प्रतिशत ब्याजदरको स्किमको आह्वान गरेको छ। ग्राहकलाई १५ हजार नगद छुट वा सून्य प्रतिशत ब्याजदर मध्ये जुन ठिक लाग्छ त्यौ छानेर लिन सकिने कम्पनिले जानकारी दियो। कम्पनीले अगाडि सारेको स्किम यहि साउन १ गते देखि ३१ गते सम्म नेपालभरका सम्पूर्ण शाखाहरुबाट प्राप्त गर्न सकिनेछ। एक्सचेञ्जमा समेत स्किम लागु गरेको कम्पनीले जानकारी दिएको छ । सुजुकीका जिक्सर २५० सिरिज, जिक्सर १५० सिरिज, ईन्ट्रुडर तथा हयाते बाइक छन भने स्कुटर तर्फ वर्गम्यान, एक्सेस तथा लेट्स रहेका छन। १ बर्ष अगाडि मात्र नेपाली बजारमा विक्री सुरु भएको जिक्सर भेरियन्ट युवा पुस्ताले निकै रुचाएको बाइकमा पर्दछ भने वर्गम्यान म्याक्सि स्कुटर भएकै कारण पनि लौकप्रिय रहेको छ।