free website hit counter

घरैमा बनाऔं मीठो समोसा (रेसिपी)

beemaadmin
२०७७ श्रावण ४, आईतवार

सामान्य रुपमा घरैमा बनाउन सकिने परिकार थुप्रै छन् । लकडाउन तथा कोरोना कहरका कारण बाहिर गएर सहजै रुपमा खाजा खाने अवस्था नहुँदा होटलमा बन्ने परिकारका स्वाद घरैमा पनि लिन सकिन्छ ।

आवश्यक सामग्री सामान

Advertisement
Advertisement

बेसार आधा चम्चा
आलु (उसिनेको) एक केजी
हरियो मटर २०० ग्राम
तेल आवश्यकता अनुसार
मैदा आवश्यकता अनुसार
पानी आवश्यकता अनुसार
ज्वानो दाना आधा चम्चा
कालो जिरा दाना आधा चम्चा (सानो चम्चा)
धनियाँ दाना एक चम्चा
जिरा दाना एक चम्चा
मेथी दाना आधा चम्चा
गुलियो सोफ एक चम्चा
घिउ १५० ग्राम
नुन, खुर्सानी स्वाद अनुसार वा दुई चम्चा
अदुवा, लसुन पेष्ट दुई चम्चा
गरम मसला एक चम्चा
जिरा पाउडर एक चम्चा
धनियाँ चप दुई चम्चा
बदाम ५० ग्राम

Advertisement
Advertisement

समोसाको मसला बनाउने विधि

सबैभन्दा पहिला बाक्लो भाँडामा तेल तताउने र ज्वानो, मेथी, जिरा, धनियाँ कालो–कालो हुने गरी फुराउने र अदुवा, लसुन पनि फुराउने । गरम मसला, जिरा पाउडर, बेसार, नुन, खुर्सानी, बदाम, हरियो मटर र सोफ हालेर मसला बनाउने । मसला भुटेपछि आलु मसिनो बनाएर हाल्ने र राम्रोसँग सबै मसला मिक्स भएपछि धनियाँ चप हालेर फेरि केही समय चलाएर पकाउने र निकाल्ने ।

समोसाको पत्ता बनाउने विधि

मैदामा नुन, ज्वानो, कालो जिरा हालेर मोल्ने र पानी हल्का मनतातो भएपछि मैदामा हाल्ने र घिउ पनि तताएर मैदामा राख्ने । यसरी सबै मसला राखेपछि हल्का साह्रो बनाएर मैदा मुछ्ने र करिब २५ मिनेटजति कपडाले छोपेर राख्ने । यसो गर्दा मैदा नरम हुन्छ र समोसा पत्ता राम्रो बन्छ । अब मैदाको सानो–सानो पिस बनाएर लाम्चो अण्डाकार बनाएर रोटी बेल्ने र बीचबाट काटेर दुई भाग बनाउने । रोटीको चौँडाइबाट दुई चोसा जोडेर हल्का पानी दलेर टाँस्ने । त्यसपछि रोटीको बीचमा समोसाको मसला भरेर माथिको भागले छोपेर समोसा बनाउने र हल्का तातेको तेलमा समोसा खैरो–खैरो भएपछि समोसा निकाल्ने र गुलियो अथवा अमिलोे–पीरो अचारको साथ सर्भिस गर्ने ।

सम्बन्धित समाचार