free website hit counter

सप्तकोशी मडारियो सुनसरी र सप्तरीवासी असुरक्षित

beemaadmin
२०७७ श्रावण ६, मंगलवार

विराटनगर । वर्षा जारी छ । देशका सबै खोलानाला मडारिएका छन् । ठाउँठाउँम बाढी र पहिरोले धनजनको क्षति पुर्याएको छ । यही बेला सप्तकोशी नदीमा आएको बाढीले खतराको तह पार गरेको छ ।
मंगलबार बिहान ६ बजे गरिएको मापनअनुसार पानीको बहाव प्रतिसेकेन्ड ३ लाख ३४ हजार ९ सय ९० क्युसेक छ । यो वर्षकै उच्च मापन हो । कोशी ब्यारेजमा २ लाख क्युसेक प्रतिसेकेन्ड मापन हुँदा खतराको तह पार गर्छ ।

बहाव उच्च भएपछि ५६ मध्ये ४६ वटा ढोका खोलिएको कोशी ब्यारेज कन्ट्रोल रुमले जनाएको छ । ब्यारेजका दुईवटै नहर बन्द गरिएको छ । पानीको बहाव थेग्न नसकेर नहर भत्किन सक्ने भएकाले नहर बन्द गरिएको हो ।

जल तथा मौसम विज्ञान विभागको बाढी सूचना केन्द्रले सप्तकोशीमा बहाव बढ्दो क्रममा रहेको जनाएको छ ।

त्यसैले सुनसरी र सप्तरी जिल्लाका तटीय क्षेत्रमा बुधबार विहानसम्म उच्च सतर्कतासाथ रहन वा सुरक्षित स्थानमा जान सूचित गरेको छ । स्थानीय प्रशासनले जोखिम क्षेत्रका बासिन्दालाई सतर्क रहन सूचना प्रवाह गरेको छ ।

 

४८ ढोका खोलिए

सप्तकोशीमा पानीको बहाव यो वर्षकै उच्च भएपछि कोशी ब्यारेजका ५६ मध्ये ४८ वटा ढोका खुल्ला गरिएको छ। मंगलबार बिहान गरिएको मापनअनुसार पानीको बहाव ३ लाख २९ हजार ३ सय ८० पुगेपछि ४८ वटा ढोका खोलिएको ब्यारेज नियन्त्रण कक्षले जनाएको छ । यो बहाव वर्षकै उच्च हो ।

कोसी ब्यारेज भएर भइरहेको पानीको बहाव १ लाख ५० हजार पुगेपछि खतराको सूचक रातो बत्ती बाल्ने गरिन्छ। निरन्तरको वर्षाले देशभरका खोला, नदीमा बाढी आउँदा कतिपय ठाउँका बस्तीहरू डुबानको जोखिममा परेका छन् ।

सम्बन्धित समाचार