free website hit counter

यसै आर्थिक वर्षदेखि पेन्सन हट्ने

beemaadmin
२०७६ कार्तिक ६, बुधबार

सरकारले अवकाशप्राप्त कर्मचारीको पेन्सन घटाउन डेढ दशक पहिल्यै अघि सारेको योगदानमा आधारित योजना चालु आर्थिक वर्षदेखि मात्र लागू गरेको छ । यता, सरकारको आर्थिक सल्लाहकार राष्ट्र बैंकले भने तिहारलगत्तै आह्वान गर्न लागेको झण्डै ३० जना अधिकृत नियुक्तिसम्बन्धी विज्ञापनमा योगदानमा आधारित पेन्सनको व्यवस्था उल्लेख छैन । कर्मचारी विनियमावलीमा संशोधन नभएकाले परम्परागत पेन्सनको व्यवस्था यथावत हुनेगरी विज्ञापन गर्न लागिएको स्रोत बताउँछ । बैंकले झण्डै ३ हजार कर्मचारी र तिनका परिवारलाई अहिले पनि मासिक पेन्सन दिने गर्छ ।

हाल कार्यरत झण्डै १ हजार कर्मचारीले पनि पेन्सन पाउने भएसँगै आगामी ५० देखि ६० वर्षसम्म परम्परागत पेन्सनको भार रहनेछ । यसबाट सरकारले प्रत्येक वर्ष बैंकको आम्दानीबाट पाउने झण्डै १ अर्ब रुपैयाँ गुम्नेछ । अझै पनि योगदानमा आधारित पेन्सन लागू नहुने हो भने सरकारले ६ दशकसम्म उक्त रकम गुमाइरहनेछ ।

हालै दिवंगत तत्कालीन अर्थमन्त्री मधुकरसमशेर राणाले घोषणा गरेको उक्त योजना राजाको शासनकालका सबै निर्णय उल्टाउने सरकारी निर्णयसँगै बेवारिस भएको थियो । तर, चालु वर्षको बजेट भाषणमा अर्थमन्त्री युवराज खतिवडाले पुनः उल्लेख गरेपछि गत साउनदेखि लागू भएको छ । (जनआस्था साप्ताहिकबाट)

सम्बन्धित समाचार

चुनाव जित्ने ढुक्क भएपछि झापा झर्दैछन् बालेन

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार

सुनको भाउ तोलामै ४२०० ले घट्यो

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार

खाडी संकटले पार्नसक्छ रेमिट्यान्समा असर

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार

बहुमतको दिशातर्फ अघि बढ्यो रास्वपा

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार