free website hit counter

नबिल डिबेन्चर स्टक एक्सचेन्जमा सूचीकरण

beemaadmin
२०७७ श्रावण ७, बुधबार

काठमाडौं । नबिल बैंक लिमिटेडको ऋणपत्र नेपाल स्टक एक्सचेन्जमा सूचिकरण भएको छ ।

स्टक एक्सचेञ्ज र नबिल बैंकबीच प्रति ऋणपत्र अंकित तथा चुक्ता मूल्य रु. १,००० कायम भएको २०,००,००० थान १० प्रतिशत नबिल डिबेन्चर २०८२ (ऋणपत्र) सूचीकरण गर्ने सम्झौता सम्पन्न भएको छ ।

लक्ष्मी क्यापिटल मार्केट लिमिटेड मार्फत् २०,००,००० थान १० प्रतिशत नबिल डिबेन्चर २०८२ खुल्ला बिक्री आव्हान गरेको थियो । यसरी सर्वसाधारणमा वितरण गरिएको २०,००,००० थान ऋणपत्र वितरण भई यस स्टक एक्सचेन्जमा सूचीकरण भएको छ ।

ऋणपत्र सूचीकरण सम्झौता पत्रमा यस स्टक एक्सचेन्जको तर्फबाट प्रमुख कार्यकारी अधिकृत चन्द्र सिंह साउद र बैंकको तर्फबाट प्रमुख कार्यकारी अधिकृत अनिल केशरी शाहले हस्ताक्षर गरेका छन् ।

सम्बन्धित समाचार

मौन अवधिमा समातिए दुई उम्मेदवार

beemaadmin
२०८२ फाल्गुन २०, बुधबार

सुनको मूल्य बढ्यो

beemaadmin
२०८२ फाल्गुन १९, मंगलवार

स्वाभिमान लघुवित्तको लाभांश घोषणा

beemaadmin
२०८२ फाल्गुन १७, आईतवार

फेरि उकालो लाग्दैछ सुन

beemaadmin
२०८२ फाल्गुन १६, शनिबार