free website hit counter

पर्व बिदामा नेपाल इन्स्योरेन्समा बीमा दाबी गर्न सकिने

beemaadmin
२०७६ कार्तिक ८, शुक्रबार

काठमाडौं । चाडपर्वको लामो बिदामा आफ्ना ग्राहकलाई पर्नसक्ने असुविधालाई ध्यानमा राखेर नेपाल इन्स्योरेन्स कम्पनीले दिपावली, नेपाल संवत तथा छठ पर्वको बिदाको बेला कुनै भवितव्य परेमा बीमा दावी गर्न सकिने गरी सम्पर्क अधिकृतसहितको हटलाईन नम्बर व्यवस्था गरेको छ ।
नेपाल पहिलो बीमा कम्पनी नेपाल इन्स्योरेन्स कम्पनीले तिहार, नेपाल सम्वत तथा छठ पर्वको अवसरमा कात्तीक ९ गतेदेखि १३ गतेसम्म तथा छठ पर्वको दिन कार्तिक १५ गते विदाका दिनहरुमा पनि कुनै भवितव्य परेमा बीमा दावीका लागि प्रारम्भिक जानकारी दिन हटलाईन नम्बरहरु व्यवस्था गरेको जनाएको छ ।
नेपाल इन्स्योरेन्स कम्पनीका निमित्ति प्रमुख कार्यकारी अधिकृत बिक्रान्त पाण्डेले विदाको समयमा चार जना उच्च अधिकारीको सम्पर्क नम्बर सहितको हटलाईन नम्बरको व्यवस्था गरिएको बताउनु भएको छ । विदाको समयमा बिमितहरुलाई कुनै भवितव्य परेमा कम्पनीको मुख्य प्रबन्धक किरणमान रञ्जितकार–९८६६४०५३८४, बरिष्ठ प्रबन्धक दयानिधी प्रसाद ओझैया–९८५१०६३७६४, सहायक प्रबन्धक कृष्णराम पराजुली–९८४१२७४५०५ र रुपक चालिसे– ९८४३००२२०२ मा सम्पर्क गर्न सकिने कम्पनीले जनाएको छ । तीहार, नेपाल संवत तथा छठ पर्वका अवसरमा समस्त ग्राहक, शेयरधनी तथा देशवासीमा शुभकमना समेत व्यक्त गरिएको छ ।

सम्बन्धित समाचार

चुनाव जित्ने ढुक्क भएपछि झापा झर्दैछन् बालेन

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार

सुनको भाउ तोलामै ४२०० ले घट्यो

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार

खाडी संकटले पार्नसक्छ रेमिट्यान्समा असर

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार

बहुमतको दिशातर्फ अघि बढ्यो रास्वपा

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार