काठमाडौं । कोरोना संक्रमणले खतराको घण्टी बजाइसकेको छ । संक्रमण समुदाय स्तरमा देखिन थालेको छ । संक्रमणको दर बढेसँगै ठाउँ ठाउँमा निषेधाज्ञा जारी हुन थालेको छ । अब स्थिति सहज देखिँदैन ।
वीरगञ्जस्थित नारायणी अस्पतालको प्रयोगशालमा गरिएको परीक्षणमा पर्सा क्षेत्र नम्बर १ का प्रतिनिधी सभा सदस्य प्रदिप यादव तथा स्वास्थ्यकर्मी सहित ६४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
नारायणी अस्पतालका मेडिकल सुपरिडेन्टेन्ट मदन उपाध्यायले दिएको जानकारी अनुसार संक्रमित हुनेहरुमा ६१ जना पुरूष र ३ जना महिला रहेका छन् । संक्रमित हुनेहरुमा १५ वर्षका बालक देखि ६८ वर्षकी वृद्ध महिला रहेको बताइएको छ ।
संक्रमित हुनेमा प्रतिनिधी सभा सदस्य एक जना र नारायणी अस्पतालका २ जना स्वास्थ्यकर्मी रहेका छन् ।
यस्तै मास ट्रेसिङमा पिसिआर जाँच गराएका ४५ जना, स्वेच्छाले पैसा तिरेर पिसिआर जाँच गराएका १०, कन्ट्याक्ट ट्रेसिङमा परेका ४ जना, प्रतिनिधी सभा सदस्यका चालक र अङ्गरक्षक १÷१ जना संक्रमित देखिएका हुन् ।