free website hit counter

गोरखा र धादिङका भुकम्प पीडितले ऋण पाउने भए

beemaadmin
२०७६ कार्तिक ८, शुक्रबार

काठमाडौं। विनासकारी भूकम्पको चार वर्ष बितिसक्दा पनि अझै पीडितहरुले त्रिपाल हटाउन पाएका छैनन् । वर्षैपिच्छे परिवर्तन हुने सरकार र सरकारैपिच्छे परिवर्तन हुने पुननिर्माण प्राधिकरणको नेतृत्वका कारण भूकम्प पीडित नागरिकमाथि अझै ठूलो पीडा थपिएको थियो । तर अहिले बलियो र स्थिर सरकार छ अझै पनि पीडिले भनेजस्तो सहज तरिकाले पुनर्वासको व्यवस्था पाएका छैनन् । यही बेला गोरखा र धादिङ्ग जिल्लाका भुकम्प पिडित जनतालाई सहुलियतपूर्ण कर्जामा सहकार्य गर्ने सम्बन्धमा राष्ट्रिय वाणिज्य बैंक र यूके एड सक्षम एक्सिस टु फाइनान्सबीच समझदारी भएको छ।
राष्ट्रिय पुनरनिर्माण प्रधिकरणका प्रमुख कार्यकारी अधिकृत सुशिल ज्ञवालीको उपस्थितिमा भएको सम्झौतापत्रमा बैंकका प्रमुख कार्यकारी अधिकृत किरणकुमार श्रेष्ठ र सक्षमका टोली प्रमुख निर्मल दाहालले हस्ताक्षर गरेका छन्।
सम्झौतापछि २०७२ सालको भुकम्पले क्षति पुर्याएका धादिङ्ग जिल्लाका धुनिवेशी, निलकण्ठ नगरपालिका र गोरखा जिल्लाको गोरखा नगरपालिकाका नागरिकहरुलाई बैंकले नियमानुसार सहुलियपूर्ण कर्जा अन्तर्गत सहुलियत दरमा भुकम्प पिडित घर कर्जा लगानी गर्ने छ।
सझौतापछि प्रदेश नम्बर २, ५, कर्णाली प्रदेश र सुदुर पश्चिम प्रदेशका दुर्गम जिल्लाहरुमा बैंकले सक्षमसँग मिलेर सामाजिक सुरक्षाको रकम भुक्तानी बैंक मार्फत गर्नको लागि वित्तीय साक्षरता कार्यक्रम संचालन गर्ने छ।

सम्बन्धित समाचार

चुनाव जित्ने ढुक्क भएपछि झापा झर्दैछन् बालेन

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार

सुनको भाउ तोलामै ४२०० ले घट्यो

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार

खाडी संकटले पार्नसक्छ रेमिट्यान्समा असर

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार

बहुमतको दिशातर्फ अघि बढ्यो रास्वपा

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार