free website hit counter

प्रिमियर इन्स्योरेन्सको नाफा बढ्यो अन्य सूचांकमा पनि प्रगति

beemaadmin
२०७७ भाद्र १, सोमबार

काठमाडौं । कोरोना कहरका बीचमा पनि प्रिमियर इन्स्योरेन्सले नाफा मात्रै बढाएको छैन अन्य सूचकहरुमा समेत प्रगति गरेको छ । गत आर्थिक वर्षको चौथो त्रैमासको वित्तीय विवरण अनुसार कम्पनीले ४५.६९ प्रतिशत मुनाफा आर्जन गरेको छ । कम्पनीले ११ करोड भन्दा बढि मुनाफा बृद्धि गर्न सफल भएको हो ।

गत आवको अघिल्लो वर्ष २४ करोड ५६ लाख २३ हजार रुपैयाँ मुनाफा आर्जन गरेकोमा गत आवमा ३५ करोड ७८ लाख ७० हजार रुपैयाँ मुनाफा आर्जन गर्न सफल भएको हो । कम्पनीको दावी भुक्तानी घटेको कारण मुनाफा बढेको हो । कम्पनीले अघिल्लो वर्ष ४८ करोड ९० लाख ५२ हजार रुपैयाँ दावी भुक्तानी गरेकोमा गत आवमा ६ करोडले घटेर ४२ करोड ५९ लाख २५ हजार रुपैयाँमा सीमित भएको छ ।

त्यस्तै, कम्पनीको व्यवस्थापन खर्च खासै बढेको छैन भने अन्य प्रत्यक्ष आय ४ करोडले बृद्धि भएको छ । अघिल्लो वर्ष २५ करोड १२ लाख ९७ हजार व्यवस्थापन खर्च गरेको कम्पनीले गत आवमा २५ करोड ७३ लाख १३ हजार रुपैयाँ खर्च गरेको छ । कम्पनीको भुक्तानी हुन बाँकी दावी भुक्तानी दुई अर्ब ३१ करोड २२ लाख १३ हजार रुपैयाँ रहेको छ ।

अघिल्लो वर्ष एक अर्ब ९३ करोड ६१ लाख २७ हजार रुपैयाँ रहेको थियो । कम्पनीले बीमा कोष, जगेडा कोष र महाविपत्ति कोषमा गरी कूल एक अर्ब छ करोड तीन लाख ४७ हजार रुपैयाँ जम्मा गरेको छ । कम्पनीले कोषको आकारमा थप ५० प्रतिशतभन्दा बढि योगदान गर्न सफल भएको छ । अघिल्लो वर्ष जम्मा ६८ करोड ८२ लाख ६० हजार मात्रै थियो । गत आर्थिक वर्षको वित्तीय विवरणले प्रिमियर इन्स्योरेन्स कम्पनी थप बलियो भएको देखिएको छ ।

सम्बन्धित समाचार

मौन अवधिमा समातिए दुई उम्मेदवार

beemaadmin
२०८२ फाल्गुन २०, बुधबार

प्रभु इन्स्योरेन्सको लाभांश घोषणा

beemaadmin
२०८२ फाल्गुन १९, मंगलवार

सुनको मूल्य बढ्यो

beemaadmin
२०८२ फाल्गुन १९, मंगलवार

सक्रिय जीवन बीमालेख १४.५७ प्रतिशतले बढ्यो

beemaadmin
२०८२ फाल्गुन १९, मंगलवार