free website hit counter

आत्मीयता बढाउने तिहार (भाइटीका पूजाविधि)

beemaadmin
२०७६ कार्तिक ११, सोमबार

नेपालीहरुको सबैभन्दा ठूलो पर्व बडा दशै पछिको ठूलो पर्वको रुपमा तिहारलाई लिइन्छ । तिहार दशै सकिएको १५ दिनपछि आउने अर्को ठुलो पर्व हो । यो पर्व कात्तीक कृष्णपक्ष त्रयोदशीका दिन काग तिहारको नामले शुरु भएर कात्तीक शुक्ल पक्षको द्वितीया तिथिको भाइटिकासम्म पाँच दिन मनाइन्छ ।

किंबदन्तीअनुसार, प्राचिन कालमा सुर्यका छोरा यमराजले आफ्नी बहिनी यमुनाको निम्तो स्वीकार गरि बहिनीका घरमा गइ रमाइलो मनाएको हुँदा यी पाँच दिनलाई यमपञ्चक मानिएको कुरा शिन्दु शास्त्रमा समेत उल्लेख गरिएको पाइन्छ । यसरी रहँदा बस्दा यमुनाको व्यवहारले निकै प्रसन्न भइ यमराजले बहिनी यमुनालाई जे मन लाग्छ वर माग भन्दा यमुनाले हरेक वर्ष आजका दिन मलाई भेट्न आउनुपर्ने साथै दिदिभाई दाजुबहिनीको प्रेम सदा अटल रहोस र दाजुभाईको आयु किर्ति सदा वृद्धि होस भन्ने वरदान मागिन । यमराजले पनि तथास्तु भन्दै मनसा बाचा कर्मणा र शुद्ध चित्तले यस प्रकार संग भात्रू पुजा गर्ने गराउनेहरुको सदा उन्नति हुने तथा किर्ति पनि झिजिने वर दिई आफ्नी बहिनीसंग बिदा भई गएको र यसरी प्राचिन कालदेखि अहिलेसम्म अविछिन्न रुपले यो परम्परा मानिदै आएको छ ।

यमपञ्चकको पहिलो दिन कात्तिक कृष्ण त्रयोदशिका दिन कागलाई पुजा गरिन्छ । काग अत्यन्तै चलाख पंक्षी हो । कागलाई यमराजका सन्देश सुनाउने यम दुतको रुपमा पनि दिइन्छ । काग यमराजको अत्यन्त प्रिय भक्त भएको कारण र काकवली काकगवेषण काकन्याय भएकोले काग तिहार मनाउने चलन रहँदै आएको छ ।

यम पञ्चकको दास्रो दिन कात्तिक कृष्ण चतुर्दशीका दिन कुकुर तिहार मनाइन्छ । यो दिनलाई नरक चतुर्दशी पनि भनिन्छ । कुकुरलाई यमदुतको रुपमा लिइन्छ । कुकुर यमराजको प्रिय भक्त हो । कुकुरलाई आज्ञापालक एवं रक्षक अपराध गर्ने अपराधीहरु पत्ता लगाउने, अध्ययन अनुसन्धान गर्ने घरको रेखदेख चोर डाँकाबाट बचाउने, कुनै प्राकृतिक प्रकोप दैवि विपत्ति हुने वेलामा पूर्व सुचना दिने कारणले गर्दा, कुकुरलाई भैरवको बाहान मानिनुका कारणहरुले गर्दा कुकुरलाई मिठो खानेकुरा खुवाई माला लगाई पुजा गर्ने चलन रहँदै आएको छ ।

यम पञ्चकको तेस्रो दिन गाई तिहार अनि लक्ष्मी पुजा गरिन्छ । हिन्दु धार्मिक संस्कार अनुसार गाईको गोबरले घर आगनमा लिप पोत गर्ने गाईको गहुँत छर्कने गरिन्छ । गाईलाई हिन्दुहरु लक्ष्मी माताका रुपमा मान्दछन् । गाईजात्रा गाईपाला, गाईप्राणी, गौप्राणी अनेक गाईमा आधारित अर्थप्रदान गर्छ । कात्तिक कृष्ण औंसिको रातलाई अत्यन्त अँध्यारो रातको रुपमा लिइन्छ । यो अन्धाकारलाई उज्यालोले ढकमन्न बनाउन आलोकित पार्न घरघरमा झिलिमिलि बत्ति बाली लक्ष्मीको आह्वान गरिन्छ । गाईलाई लक्ष्मीको प्रतिकात्मक मानिन्छ । भगवान रामचन्द्रले लोक कल्याणको भावनाले रामणादी विविध असुरहरुको नास गरेपछि कात्तिक औंसिको दिन अयोध्याका राजाका रुपमा राज्यारोहण गरेको खुसियालीमा अयोध्याबासीले दीपावली गरेको पाइनुका साथै यमराज यमपञ्चकका पाँच दिन आफ्नी बहिनी यमुनाहकहाँ बसेका कारण मृत्यु हुने कुनै मानिसले नरक देख्न नपर्ने खुसियाली मनाउँदै घरघरमा बत्ति बाली पुजा आजा अर्चना गरि घरको सम्पूर्ण बासस्थान घर गोठ भन्डारमा स्वस्तिक चिन्ह अंकित गर्नु, शुभलाभ लेख्नु उत्तम मानिन्छ । यसरी गाई तथा लक्ष्मीको पुजा गरिन्छ ।

त्यसैगरि किसानहरुले सालभरी अन्न उब्जाउन हलो तानी मानिस सघाएका कारण गोरु तिहार मनाइन्छ र गोरुलाई मिठो परिकारका खाना (दौ) खुवाई मालालगाई पुजा गर्जे चलन रहँदै आएको छ । तिहारको अन्तिम दिन कात्तिक शुक्ल द्वितीया तिथिका दिन भाईटिका पर्दछ । यो पर्व दिदिले भाईलाई बहिनीले दाजुलाई अनि त्यसै गरि भाईले दिदिलाई, दाजुले बहिनीलाई विशेष मानसम्मानका साथ विधिपुर्वक पुजाआजा गर्ने मिष्ठान आदि मन पर्ने परिकार खुवाउने, दिदीबहिनीलाई दान दक्षिणा एवं बस्त्र आदि दिने चलन रहँदै आएको छ ।

परापूर्वकालमा बहिनी यमुनाले दाजु यमराज यमुनाको घरमा बास बसी टिका लाएको किम्बदन्ति छ । भाई तिहारको दिन दियो कलस र गणेशको पुजा गर्ने यमराजको आह्वान गर्ने गरिन्छ । उक्त दिन दिदिबहिनीले दाजुभाईलाई सप्तरङ्गि टिका लगाई मखमलीको माला लगाई उक्त थालीमा रहेको ओख्खरलाई संघारमा फुटाली विभिन्न परिकारका खाना खुवाई टिका लगाइसकेपछि टिका प्रयोजनमा रहेको अमिलो कालो बस्त्र तिल र फलामको टेक्रालाई बत्ति बाली बाटोघाटोमा बिसर्जन गरिन्छ ।

यस्तो छ भाइटिका पूजाविधि

कुनै पनि कार्य गर्दा विधिपूर्वक गर्नुपर्छ । विधिपूर्वक गरिएका कार्यको मात्रै फल पाइन्छ । हामीले यहाँ भाइटिकाको विधिका बारेमा केही चर्चा गरेका छौं ।

१. निमन्त्रणा – दिदीबहिनीले भाइटीकाभन्दा पहिल्यै नै र कतैकतै त यमपञ्चक सुरु हुनु अगावै दाजुभाइलाई भाइटीकाको निम्ता स्वरूप पानसुपारी, फूल आदि दिने चलन छ ।
२. भाइटीकाका दिन टीका नलगाई केही खानु हुँदैन भन्ने भनाइ छ ।
३. टीकाको दिन बिहानै नुहाएर अष्टचिरञ्जीवीको पूजा गरिन्छ । अश्वत्थामा, बलि, व्यास, हनुमान्, विभीषण, कृपाचार्य, परशुराम र मार्कण्डेय गरी आठ जनालाई अष्टचिरञ्जीवी मान्ने गरिन्छ ।
४. भाइटीकाको विधि सम्पन्न गर्न ओखर, तोरीको तेल, बिमिरा, मसला, मखमली, दूबो तथा सयपत्रीको माला, रोटी, मीठामीठा परिकारको आवश्यकता पर्छ ।
५. सबैभन्दा पहिले दियो, कलश तथा गणेशको पूजा गरी बिमिराको पूजा गरिन्छ ।
६. त्यसपछि दाजु–भाइको माङ्गल्यको कामना गर्दै ढोकामा ओखरको तथा यमराजको पूजा गरी कालको बाटो छेकिन्छ ।
७. त्यसपछि पानी तथा तेलले ७ घेरा हाली दाजुभाइलाई छेक्ने गरिन्छ ।
८. अनि क्रमशः फूल, अक्षता, चन्दन तथा लाभाले पूजा गरी दाजुभाइको शिरमा तेल लगाई दिएर सगुनका रूपमा दही खुवाउने चलन छ ।
९. त्यसपछि दिदीबहिनीले दाजुभाइको यश, आरोग्य, दीर्घायुष्यको कामना गर्दै निधारमा सप्तरङ्गी टीका लगाइदिन्छन् ।
१०. टीका लगाइसकेपछि फूलको माला पहिर्याई दिनुपर्छ । भाइटीकाका दिन दाजुभाइलाई लगाइदिने मखमली, सयपत्री तथा दूबोको मालाको छुट्टै महत्त्व छ । मखमली कहिल्यै ओइलाउँदैन, सयपत्रीको रङ्ग कहिल्यै उडेर जाँदैन भने दूबो सधै हरियै रहन्छ । दाजुभाइप्रतिको प्रेम रङ्गजस्तै गाढा तथा निरोगी भैरहने विश्वास गरिन्छ ।
११. अन्तिममा दिदीबहिनीले दाजुभाइलाई ढाकाको टोपी लगाइदिन्छन् । यसले आयु बढाउनुका साथै राष्ट्रियता समेत झल्किने गर्दछ ।
१२. दिदीबहिनीले टीका लगाउने क्रम सिद्धिएपछि दाजुभाइले पनि चेलीबेटीलाई टीका लगाएर उपहार र दक्षिणा प्रदान गर्दछन् ।

सम्बन्धित समाचार

चुनाव जित्ने ढुक्क भएपछि झापा झर्दैछन् बालेन

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार

सुनको भाउ तोलामै ४२०० ले घट्यो

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार

खाडी संकटले पार्नसक्छ रेमिट्यान्समा असर

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार

बहुमतको दिशातर्फ अघि बढ्यो रास्वपा

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार