free website hit counter

पाँच महिनापछि जेलबाट छुटे रोनाल्डिन्हो

beemaadmin
२०७७ भाद्र ९, मंगलवार

एजेन्सी । पाँच महिने जेल जीवनबाट ब्राजिलका पूर्व फुटबल खेलाडी रोनाल्डिन्हो सोमबार जेलबाट छुटेका छन् । जाली पासपोर्टको आरोपमा उनले पाँच महिला जेलमा बिताएका हुन् ।

पाराग्वेली न्यायाधीशले उनलाई जेलमु्क्त गर्ने फैसला सुनाएका हुन् । न्यायाधीश गुस्टाभो आमरिलाले रोनाल्डिन्होसँगै उनको दाजु रोबर्टो डे एसिस मोरेरालाई पनि जेलमुक्त गर्ने फैसला गरेका हुन् । दुवै दाजुभाइ एक महिना जेलमै बसेयता होटलमा प्रहरी नियन्त्रणमा बसिरहेका थिए ।

अब ब्राजिलका लागि विश्वकप विजेता ४० वर्षीय रोनाल्डिन्हो आफ्नो घर फर्कन अथवा कुनै अर्को देश जान स्वतन्त्र हुनेछन् । एक वर्षका लागि उनले आफ्नो स्थायी ठेगाना परिवर्तन गर्ने हो भने पाराग्वेली प्रहरीलाई खबर भने गर्नु पर्नेछ ।

सम्बन्धित समाचार

बालेनको मत ३९ हजार नाघ्यो

beemaadmin
२०८२ फाल्गुन २३, शनिबार

चुनाव जित्ने ढुक्क भएपछि झापा झर्दैछन् बालेन

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार

सुनको भाउ तोलामै ४२०० ले घट्यो

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार