free website hit counter

बढ्यो नेपालीको बित्तीय पहुँच

beemaadmin
२०७६ कार्तिक ११, सोमबार

काठमाडौं । वित्तीय क्षेत्रको विस्तारसँगै पछिल्ला तथ्याङ्कहरुले नेपालको जनसंख्याको करिब ६१ प्रतिशत जनसंख्यामा वित्तीय पहुँच पुगेको देखाएको छ ।
राष्ट्र बैंकका अनुसार १ करोड ८० लाख नागरिकको व्यक्तिगत बचत खाता रहेको देखिएको हो । नेपालको कूल जनसंख्या २ करोड ९६ लाख रहेको आधारमा ६०.९ प्रतिशत नेपाली नागरिकको कम्तीमा एक निक्षेप खाता रहेको पाइएको राष्ट्र बैंकले सार्वजनिक गरेको तथ्याङ्कमा उल्लेख गरिएको छ ।
यसले नेपालको कुल जनसंख्याको कम्तीमा ६०.९ प्रतिशतको बैंक तथा वित्तीय संस्थामा पहुँच रहेको देखाएको छ । राष्ट्र बैंकका अनुसार वाणिज्य बैंक तथा वित्तीय संस्थाका प्रतिशाखा जनसंख्या करिब ३,३०० मा पुगेको छ । बैंक तथा वित्तीय संस्थामा २ करोड ७८ लाख बचत खाता र १४ लाख ४० हजार कर्जा खाताको संख्या पुगेको छ ।
मोबाइल बैकिङ प्रयोगकर्ताको संख्या ८३ लाख ४७ हजार र जारी भएका डेविट कार्डको संख्या ६७ लाख ९ हजार पुगेको राष्ट्र बैंकले जनाएको छ ।

सम्बन्धित समाचार

चुनाव जित्ने ढुक्क भएपछि झापा झर्दैछन् बालेन

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार

सुनको भाउ तोलामै ४२०० ले घट्यो

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार

खाडी संकटले पार्नसक्छ रेमिट्यान्समा असर

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार

बहुमतको दिशातर्फ अघि बढ्यो रास्वपा

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार