free website hit counter

रिलायन्स चिया बन्यो उत्कृष्ट

beemaadmin
२०७६ कार्तिक १४, बिहीबार

काठमाडौं । नेपाल चियामा आत्मनिर्भर बन्दै गएको बेला गुणस्तरमा पनि सुधार आउन थालेको छ । गत बुधबार झापामा रहेका २७ वटा चिया कम्पनीबाट उत्पादित चियाको गुणस्तर परीक्षण गरिएको थियो । राष्ट्रिय चिया तथा कफी विकास बोर्ड क्षेत्रीय कार्यालय बिर्तामोडले आयोजना गरेको परीक्षणमा भद्रपुर–५ मा रहेको रिलायन्स टी इण्डष्ट्रिज उद्योग उत्कृष्ट भएको थियो ।

बोर्डले बुधबार दिउँसो भद्रपुरमा झापा र इलाममा सञ्चालित २४ ओटा सिटीसी र तीनओटा अर्थोडक्स तयारी चिया परीक्षण गरेको थियो । बोर्डका प्राविधिक र भारतीय चिया बोर्डका विज्ञ बुद्धदेव आचार्यले परीक्षण गरेकोमा सबैभन्दा बढी ५ दशमलव ५ प्रतिशत अङ्क रिलायन्सको उत्पादनमा देखिएकोले सो उद्योगलाई उत्कृष्टताको प्रमाण–पत्र र ५ हजार नगद सञ्चालक जेपी शर्मालाई प्रदान गरिएको थियो ।

बोर्डले बेलाबखत परीक्षण गरेमा उत्पादनको अवस्थाको बारेमा जानकारी पाउन सजिलो हुनुका साथै उत्पादन परिवर्तन गर्न सहज हुने स्टार टी भद्रपुरका उद्योगी शिवकुमार गुप्ताले जनाए । वार्षिक कार्यक्रममा राखेर गरिएको परीक्षणको कुनै तुक नभएको उद्योगी यामबहादुर श्रेष्ठले बताए । प्रत्येक महिनामा तयारी चियाको परीक्षण हुनुपर्ने उनको माग छ । चियालाई हेर्ने दृष्टिकोण नकारात्मक भएकोले सरकारलाई चिया उत्पादन उद्योगको आवश्यकता नरहेको समेत उनले बताए ।

सम्बन्धित समाचार

चुनाव जित्ने ढुक्क भएपछि झापा झर्दैछन् बालेन

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार

सुनको भाउ तोलामै ४२०० ले घट्यो

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार

खाडी संकटले पार्नसक्छ रेमिट्यान्समा असर

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार

बहुमतको दिशातर्फ अघि बढ्यो रास्वपा

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार