free website hit counter

गम्भीर अपराधको आरोपमा अभिनेत्री पक्राउ

beemaadmin
२०७७ भाद्र १९, शुक्रबार

बैंगलोर। लागूऔषधको केसमा केन्द्रीय अपराध शाखाले दक्षिण भारतीय अभिनेत्री रागिनी द्विवेदीलाई पक्राउ गरेको छ । यसअघि सीसीबीले उाको घरमा छापा मारेको थियो । पुलिस सूत्रका अनुसार पुलिसको एक टिम बिहान ६ बजे रागिनीको घर पुगेको थियो । सीसीबीले बुधबार उनलाई नोटिस जारी गरेर उपस्थित हुन निर्देशन दिएको थियो तर रागिनीले वकिलको एक टिम पठाएर सोमबारसम्म समय मागेकी थिइन् । वकिलको टिम पठाएपछि पुलिसले उनलाई शुक्रबार अधिकारीको अगाडि पेश हुन निर्देशन दिएको थियो । लगत्तै पुलिसले उनलाई हिरासतमा लिएको हो । उनलाई आजै अधिकारीसमक्ष पेश गरिनेछ । पुलिसले कन्नड फिल्म उद्योगका कलाकारहरुलाई लागूऔषध आपूर्ति गरेको अभियोगमा अन्य ३ जनालाई पनि पक्राउ गरेको छ । कन्नड फिल्मका १५ जना लागूऔषसम्बन्धि केसमा मुछिएका छन् ।

सम्बन्धित समाचार

चुनाव जित्ने ढुक्क भएपछि झापा झर्दैछन् बालेन

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार

सुनको भाउ तोलामै ४२०० ले घट्यो

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार

खाडी संकटले पार्नसक्छ रेमिट्यान्समा असर

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार

बहुमतको दिशातर्फ अघि बढ्यो रास्वपा

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार