free website hit counter

कुमारीपाटीमा कामना सेवा बैंक

beemaadmin
२०७६ कार्तिक १४, बिहीबार

ललितपुर । शाखा विस्तारको क्रममा कामना सेवा विकास बैंक लिमिटेडले आफ्नो १०० औ शाखा ललितपुर महानगरपालिका– २० स्थित कुमारीपाटीमा शुभारम्भ गरेको छ ।
बैंकका अध्यक्ष सुदिप आर्चाय तथा नेपाल राष्ट्र बैंकका डेपुटी गभर्नर शिवराज श्रेष्ठले संयुक्त रुपमा शाखा कार्यालयको उद्घाटन गरेका थिए । बैंकले १००औं शाखा स्थापनाको अबसरमा ग्राण्डी अस्पतालको सहकार्यमा निःशुल्क स्वास्थ्य परीक्षणको आयोजना समेत गरेको थियो ।
उद्घाटन कार्यक्रममा डेपुटी गभर्नर श्रेष्ठले बैंकले छोटो अवधिमा राम्रो प्रगति गरी एउटा सवल बैंक बन्न सफल भएकोमा आगामी दिनमा बैंक अझै मजबुत हुँदै जाने र देशको अर्थिक विकासमा टेवा पुराउने विश्वास व्यक्त गरेका थिए ।
यसै अबसरमा बैंकले स्वर्णिम सुरक्षित बचत खाताको अपार सफलता पछि समय सापेक्ष व्यवसाय प्रवर्धन तथा ग्राहकहरुको सुविधालाई मध्यनजर गर्दै विविध विशेषता सहितको स्वर्णिम सुरक्षित प्रिमियम बचत खाताको शुभारम्भ समेत गरेको छ ।

 

सम्बन्धित समाचार

चुनाव जित्ने ढुक्क भएपछि झापा झर्दैछन् बालेन

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार

सुनको भाउ तोलामै ४२०० ले घट्यो

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार

खाडी संकटले पार्नसक्छ रेमिट्यान्समा असर

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार

बहुमतको दिशातर्फ अघि बढ्यो रास्वपा

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार