free website hit counter

महालक्ष्मीका ग्राहकलाई सेन्ट्रल डायगनोस्टिकमा विशेष छुट

beemaadmin
२०७७ भाद्र २३, मंगलवार

काठमाडौं । महालक्ष्मी विकास बैंक लिमिटेडले कोभिड–१९को संक्रमण परिक्षण (पीसीआर टेष्ट) का साथै अन्य स्वास्थ्य सेवामा छुट प्रदान गर्ने उद्देश्यले सेन्ट्रल डायगनोस्टिक ल्याबोरेटोरीसँग सम्झौता गरेको छ । उक्त सम्झौता पत्रमा बैंकका तर्फबाट का।मु। प्रमुख कार्यकारी अधिकृत सागर शर्मा र कम्पनीका तर्फबाट प्रमुख कार्यकारी अधिकृत उमेश प्रसाद गुप्ताले हस्ताक्षर गरे । उक्त सम्झौता अनुसार बैंकको डेबिट कार्ड तथा मोवाइल बैंकिङ्ग प्रयोग गर्ने ग्राहकहरु, कर्मचारी लगायत कर्मचारीका परिवारले सेन्ट्रल डायगनोस्टिक ल्याबोरेटोरीमा उपचार गराउँदा विभिन्न सेवा शुल्कमा छुट पाउनेछन् ।
सम्झौताअनुसार बैंकका डेबिट कार्ड तथा मोवाइल बैंकिङ्ग प्रयोग गर्ने ग्राहकहरु, कर्मचारी साथै कर्मचारीका परिवारले जनरल प्याथोलोजी टेष्टमा अधिकतम २५ प्रतिशत, र कोभिड–१९को संक्रमण परिक्षण (पीसीआर टेष्ट) मा अधिकतम १५ प्रतिशत आकर्षक छुट प्राप्त गर्न सक्नेछन् । देशका १०२ वटा शाखाहरुबाट बैंकिङ्ग सेवा प्रदान गर्दै आएको महालक्ष्मी विकास बैंकले आगामी दिनहरुमा उक्त कम्पनीसँग समन्वय गरी विभिन्न स्वास्थ्यसँग सम्बन्धीत कार्यक्रमहरु गर्दै जाने सहमति गरेको छ ।

सम्बन्धित समाचार

मौन अवधिमा समातिए दुई उम्मेदवार

beemaadmin
२०८२ फाल्गुन २०, बुधबार

सुनको मूल्य बढ्यो

beemaadmin
२०८२ फाल्गुन १९, मंगलवार

स्वाभिमान लघुवित्तको लाभांश घोषणा

beemaadmin
२०८२ फाल्गुन १७, आईतवार

फेरि उकालो लाग्दैछ सुन

beemaadmin
२०८२ फाल्गुन १६, शनिबार