free website hit counter

यिनै हुन् भारतबाट आधा किलो सुनसहित २४ लाख कुम्ल्याएर हिँड्ने नेपाली

beemaadmin
२०७७ आश्विन २४, शनिबार

काठमाडौं। कामका लागि नेपाली कहाँ नपुगेका होलान् । त्यहाँ पुगेका केही न केहीले सानातिना अपराध त गरेकै हुन्छन् । २ महिनाअघि भारतको पंजाबको लुधियाना शहरमा एक घरमा घरेलु कामदारको रुपमा काम गर्न थालेका एक नेपालीले त्यो घरबाट २४ लाख भारतीय रुपैयाँ नगद र आधा किलो सुनका गरगहना चोरी गरेर फरार भएका छन् ।

उनले यो चोरी आफ्ना अन्य २ जना साथीसँग मिलेर गरेको पुलिसलाई उद्धृत गर्दै हिन्दूस्तान टाइम्सले जनाएको छ । बुधबार गौरव नगर क्षेत्रमा रहेको घरमा ७० वर्षमाथिका २ जना वृद्धवृद्धा मात्रै भएका बेला खेम बहादुर नामका नेपाली कामदारले चोरी गरेको बताइएको छ । उनले घरमा रहेका वृद्धवृद्धा, सुरक्षा गार्ड र अर्का एक जना ११ वर्षका घरेलु कामदारलाई बेहोस पारेर चोरी गरेर फरार भएका थिए ।

घरबाहिर जडान गरिएको सीसीटिभी क्यामेरामा उनीहरु तीनै जना देखिएका छन् । यी वृद्ध दम्पतीका छोरा होजियारी उद्योग चलाउने उद्योगपछि सन्दिप घइ त्यस दिन मोडल टाउनमा आफन्तको घरमा श्रीमती र छोराछोरीसहित गएका थिए । घइले घरबाट के–के चोरी भयो भन्ने पूरा विवरण बताइसकेका छैनन तर पुलिस स्रोतका अनुसार घरबाट २४ लाख नगद र आधा किलो बराबर सुनका गहना हराइरहेका छन् । अनुसन्धानमा खुलासा भएअनुसार यो परिवारले खेम बहादुरलाई काममा राख्नुभन्दा पहिले पुलिस भेरिफिकेसन गरेको थिएन ।

घइले घरमा चोरी भएको बिहान २ बजेतिर श्रीमती र छोराछोरीसँग घर फर्किएपछि मात्र थाहा पाएका थिए । घइका अनुसार उनले आफ्नो उद्योगमा काम गर्ने एक कामदारको चिनजानको आधारमा खेमबहादुरलाई काममा राखेका थिए । बुधबार राती उनी आफन्तको घरमा जानुअघि उनले घरका घरेलु कामदार र सुरक्षा गार्डलाई घरभित्र कसैलाई छिर्न नदिन भनेका थिए ।

सम्बन्धित समाचार

चुनाव जित्ने ढुक्क भएपछि झापा झर्दैछन् बालेन

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार

सुनको भाउ तोलामै ४२०० ले घट्यो

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार

खाडी संकटले पार्नसक्छ रेमिट्यान्समा असर

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार

बहुमतको दिशातर्फ अघि बढ्यो रास्वपा

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार