free website hit counter

लक्ष्मी बैंकद्वारा १५ प्रतिशत लाभांशको घोषणा

beemaadmin
२०७६ कार्तिक १७, आईतवार

काठमाडौं । आर्थिक वर्ष २०७५–०७६ को मुनाफाबाट लक्ष्मी बैंकले शेयरधनीलाई १५ प्रतिशत लाभांश दिने घोषणा गरेको छ। बैंक सञ्चालक समितिको कार्तिक १७ गते आइतबार बिहान ९ बजे सम्पन्न बैठकले शेयरधनीलाई १० प्रतिशत बोनस र ५ प्रतिशत नगद लाभांश प्रस्ताव गरेको हो।
बैंकले हाल कायम पूँजी ८ अर्ब ९२ करोड रुपैयाँको १० प्रतिशत अर्थात ८९ करोड २० लाख रूपैयाँ बराबरको ८९ लाख २० हजार ५०८.६४ कित्ता बोनस शेयर वितरण गर्ने प्रस्ताव गरेको छ । यस्तै बोनस शेयरमा लाग्ने कर सहित ४४ करोड ६० लाख रुपैयाँ बराबरको नगद लाभांश वितरण गर्ने भएको हो ।
बोनस वितरण पछि बैंकको चुक्ता पूँजी ९ अर्ब ८१ करोड २५ लाख रुपैयाँ पुग्नेछ । अघिल्लो आर्थिक वर्ष २०७४–०७५ मा बैंकले ८।५० प्रतिशत बोनस शेयर र कर प्रयोजनका लागि ०.४५ प्रतिशत नगद लाभांश वितरण गरेको थियो।

सम्बन्धित समाचार

चुनाव जित्ने ढुक्क भएपछि झापा झर्दैछन् बालेन

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार

सुनको भाउ तोलामै ४२०० ले घट्यो

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार

खाडी संकटले पार्नसक्छ रेमिट्यान्समा असर

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार

बहुमतको दिशातर्फ अघि बढ्यो रास्वपा

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार