free website hit counter

बीमा अभिकर्ताको व्यवस्थापन

beemaadmin
२०७७ कार्तिक १५, शनिबार

नेपालमा प्रचलित कानुनअनुसार बीमा अभिकर्ताको व्यवस्थापन निम्न तरिकाले गरिएको छ । बीमा अभिकर्ता भन्नासाथ हेर्ने दृष्टिकोण फरक छ तर नेपालमा मासिक दश लाखको हाराहारीमा आम्दानी गर्ने अभिकर्ताहरू धेरै छन् । विश्व परिवेशमा गिनिज बुकमा नाम लेखाउन सफल भारतीय जीवन बीमा निगमकी अभिकर्ता ऋतु नन्दाले एकै दिन १७,०००। (सत्र हजार) बीमा फारम प्रस्ताव पास गरेकी थिइन् भने उनको सरदर आम्दानी वार्षिक १०.४ करोड भारतीय रूपैयाँ पर्दछ ।

विश्वमा उत्कृष्ट बीमा कमिसन आम्दानी गर्ने व्यक्ति साउथ अफ्रिकाको केपटाउन सहरका Gideon du plessis हुन् । उनको सरदर वार्षिक आम्दानी करिब ४२ करोड नेपाली रूपैयाँबराबर छ भने उनका ग्राहक ५०,०००।– (पचास हजार)जति छन् । तर स्मरणीय के छ भने उनका ६०% ग्राहकहरू मध्यमवर्गीय परिवारका छन् । यसले शीत उबाई घैला भरिन्छ भन्ने उक्ति प्रमाणित गर्दछ । यो तथ्याङ्क करिब १४ वर्ष पहिलाको हो ।

नेपालमा प्रचलित बीमा ऐन २०४९ को दफा २ को (क) अनुसार तलबी कर्मचारी नभई कमिसनको आधारमा बीमकको तर्फबाट इजाजत प्राप्त व्यक्तिलाई बीमा अभिकर्ता भनिन्छ । यसरी बीमा अभिकर्तालाई दिइने कमिसन बीमा शुल्कको ५% देखि २५% सम्म पर्दछ, यो बीमा योजनाअनुसार फरक पर्दछ । तर सो कमिसन प्रतिशतमा अभिकर्ताको आम्दानी कर १५% सम्म कट्टी गरी उपलब्ध गराइन्छ ।

एसएलसी वा सोसरह उत्तीर्ण व्यक्ति नेपाली नागरिक बीमा समितिले मान्यता दिएको संस्थाको तालिममा सहभागी भई प्रमाणपत्र प्राप्त व्यक्ति बीमकको सिफारिसमा बीमा अभिकर्ता हुन सक्दछ । बीमा अभिकर्ताको अनुमतिपत्रका लागि दस्तुर ५००।– र प्रत्येक चैत्र मसान्त (वार्षिक) भित्रमा नवीकरण दस्तुर रू. २०० तिर्नुपर्दछ । त्यसबाहेक तालिम शुल्क बीमा समिति वा बीमा कम्पनीले कम्तिमा रु १०००।– लिने गरेका छन् । बीमा समितिबाट अभिकर्ता तालिम लिई प्रमाणपत्र प्राप्त गरेमा कुनै पनि बीमा कम्पनीको अभिकर्ता भई काम गर्न पाउँदछ भने बीमा समितिले मान्यता दिएको बीमकले प्रमाणपत्र दिएको अवस्थामा त्यही बीमकको मात्र अभिकर्ता हुनुपर्दछ ।

बीमा अभिकर्ता इजाजत पत्र हराएमा वा कुनै कारणले प्रतिलिपि लिनुपरेमा एक सय रूपैयाँ दस्तुर तिरेर प्रतिलिपि इजाजत लिन सकिन्छ । बीमा अभिकर्ताको लागि १६ वर्ष पूरा भएको, मानसिक सन्तुलन नगुमेको, कुनै प्रकारको चोरी–डकैती कार्यमा संलग्न नभएको, फौजदारी अभियोग नलगेको, अदालतले नैतिक पतनको दाबी ठहर नगरेको बीमक, बीमित र बीमा योजनाविरुद्धमा नकारात्मक कार्य नगरेको हुनुपर्दछ ।

बीमा अभिकर्ताले बीमक तथा बीमितको विरुद्धमा कुनै कार्य गरेमा, अयोग्य बीमा अभिकर्ता प्रमाणित भएमा, इजाजत पत्र नवीकरण नभएमा, बीमा ऐन २०४९ अनुसार बीमा अभिकर्ताको इजाजत खारेज गरिन्छ ।

सम्बन्धित समाचार

चुनाव जित्ने ढुक्क भएपछि झापा झर्दैछन् बालेन

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार

सुनको भाउ तोलामै ४२०० ले घट्यो

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार

खाडी संकटले पार्नसक्छ रेमिट्यान्समा असर

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार

बहुमतको दिशातर्फ अघि बढ्यो रास्वपा

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार