free website hit counter

थला पर्यो वैद्यखाना

beemaadmin
२०७६ कार्तिक १८, सोमबार

काठमाडौं । नेपाल सरकारको पूर्ण स्वामित्वमा सञ्चालित सिंहदरबार वैद्यखानाबाट अहिले कुनै पनि आयुर्वेदिक औषधि उत्पादन हुन सकिरहेको छैन । कुनै समय १ सय २८ प्रकारका आयुर्वेदिक औषधि उत्पादन गर्ने वैद्यखाना चरम राजनीतिक हस्तक्षेपका कारण हस्तव्यस्त बन्न पुगेको हो । स्वास्थ्य तथा जनसंख्यामन्त्री उपेन्द्र यादवको इशारामा मन्त्रालयले चरम हस्तक्षेप गरेका कारण वैद्यखाना थला पर्न पुगेको हो । आयुर्वेदिक औषधि उत्पादन गरेर सेवा पु¥याउँदै आएको वैद्यखाना अहिले आफंंै थला परेपछि बजारमा वैद्यखानाका कुनै पनि उत्पादन पुग्न सकेका छैनन् । केही छिटपुट रुपमा स्कटमा रहेका औषधि पुगेका भए पनि अहिले निजी तथा सरकारी आयुर्वेदिक औषधालयहरु निजी कम्पनीका औषधिहरुले भरिभराउ हुँदा सरकारी उत्पादन देखिन छाडेको छ ।

अहिले वैद्यखानाबाट औषधि उत्पादन नहुँदा आयस्रोत ध्वस्त हुन मात्रै पुगेको छैन, कार्यालयमा कार्यरत ४५ जना स्थायी र २ जना करार कर्मचारीहरुलाई बैंकमा राखेको पैसाको ब्याजबाट तलब खुवाउनुपर्ने बिडम्बनापूर्ण अवस्था सिर्जना भएको छ । वैद्यखाना श्रोतकाअनुसार, वैकमा रहेको १० करोडको प्रतिमहिना करिब १० लाख ब्याज प्राप्त हुने गरेको छ । सो रकमबाट कर्मचारीलाई तलब खुवाउनु पर्ने अवस्था छ । जनशक्ति र उपकरण पर्याप्त हुँदाहुँदै पनि राजनीतिक हस्तक्षेप वैद्यखाना ध्वस्त हुन पुगेको हो । अहिलेको मन्त्रालय नेतृत्वले वैद्यखानालाई हेर्ने दृष्टिकोण सकारात्मक नहुँदा कार्यालयको आर्थिक अवस्थामात्र ध्वस्त हुन पुगेको छैन त्यसको पहिचाननै मेटिन त होइन भन्ने चिन्ता समेत थपिन पुगेको छ । मन्त्रालयले पर्याप्त बजेट समयमै उपलब्ध नगराइदिँदा कच्चा पदार्थ खरिद गर्न नसक्दा उपकरण र जनशक्ति हुँदाहुँदै पनि उत्पादन ठप्प हुन पुगेको हो ।

गत वर्षनै मन्त्रालयले उपलब्ध गराउनु पर्ने बजेट समयमै नदिँदा यो अवस्था सिर्जना भएको बताइन्छ । गतवर्ष नै उपलब्ध हुनुपर्ने बजेट भर्खरै मन्त्रालयले उपलब्ध गराउने निर्णय गरेको छ । मन्त्रालय स्रोतका अनुसार वैद्यखानाका लागि ६ करोड बजेट छुट्याइएको छ । मन्त्रालयले समयमै उपलब्ध नगराउने र कार्यकारी निर्देशकको पटक पटकको फेरबदली र समितिको अध्यक्ष नियुक्त नहुँदा वैद्यखानाको अवस्था दिनप्रतिदिन खस्किँदै गएको हो । कुनै समय विदेशमा समेत आफ्ना उत्पादन पु¥याउँदै लोकप्रिय बन्न सफल वैद्यखाना हाल आएर यो अवस्थामा पुग्नुमा वैद्यखानाको नेतृत्वलाई मात्रै दोष थोपरेर पन्छिन नमिल्ने जानकारहरु बताउँछन् ।

केही समयअघिसम्म बंगलादेशमा बिक्री केन्द्रनै स्थापना गरेर आफ्ना उत्पादनहरु बिक्री वितरण गर्दै आएको थियो । च्याबनप्रास, तुलसी चिया, अविपत्तिकर लगायत वैद्यखानाका हरेक उत्पादनहरु गुणस्तरीय र लोकप्रिय बन्न सफल भए पनि उत्पादननै गर्न नदिएर वैद्यखानाको अस्तित्वलाई निमिट्यान्न पार्न खोज्नेमाथि सरकारले आवश्यक छानविन गरी कारबाही गर्न जरुरी छ ।

सम्बन्धित समाचार

चुनाव जित्ने ढुक्क भएपछि झापा झर्दैछन् बालेन

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार

सुनको भाउ तोलामै ४२०० ले घट्यो

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार

खाडी संकटले पार्नसक्छ रेमिट्यान्समा असर

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार

बहुमतको दिशातर्फ अघि बढ्यो रास्वपा

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार