free website hit counter

पुनर्बीमा कम्पनीको सीईओ बन्न आधा दर्जन मैदानमा

beemaadmin
२०७६ कार्तिक १८, सोमबार

काठमाडौं । नेपाल पुनर्बीमा कम्पनीको प्रमुख कार्यकारी अधिकृतका लागि ६ जनाले आकांक्षी देखिएका छन् । कम्पनीका प्रमुख कार्यकारी अधिकृत चिरायु भण्डारीको कार्यकाल पूरा भएसँगै नयाँ कार्यकारी प्रमुखको खोजी गर्दै खुल्ला आह्वान गरिएको थियो । ०७२ साउनमा कम्पनीको प्रमुख कार्यकारी अधिकृत नियुक्त भण्डारी ४ वर्षे कार्यकाल सकिएसँगै बाहिरिएका हुन् ।
नयाँ सीईओ बन्नका लागि भण्डारीसँगै ६ आकांक्षी देखिएका छन् । यसरी मैदानमा देखिएकाहरुमा अशोक पौडेल, पूर्व बैंकर शेषनारायण आचार्य, ज्ञानेश्वर आचार्य, शंकर रायामाझी र युनाइटेड इन्स्यारेन्सका पूर्व सीईओ शेखर बराल रहेका छन् । शेष नारायण कृषि विकास बैंकका पूर्व कर्मचारी हुन् भने ज्ञानेश्वर नविल बैंकका पूर्व कर्मचारी हुन् । रायमाझी भने राष्ट्रिय वाणिज्य बैंकका पूर्वकर्मचारी हुन् । पौडेल अर्थ मन्त्री युवराज खतिवडाका विश्वासपात्र हुन् । अर्थ मन्त्री खतिवडा गभर्नर हुँदा पौडेल सचिवालयमा रहेर काम गरेका थिए । राष्ट्र बैंकको निर्देशकबाट सेवा निवृत उनी हाल अर्थ मन्त्रालयमै कार्यरत छन् । खतिवडाका विश्वास पात्र भएकाले पौडेललाई बलियो आकांक्षी मानिएको छ ।

सम्बन्धित समाचार

चुनाव जित्ने ढुक्क भएपछि झापा झर्दैछन् बालेन

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार

सुनको भाउ तोलामै ४२०० ले घट्यो

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार

खाडी संकटले पार्नसक्छ रेमिट्यान्समा असर

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार

बहुमतको दिशातर्फ अघि बढ्यो रास्वपा

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार