free website hit counter

पुनर्बीमा कम्पनीको सीईओ बन्न आधा दर्जन मैदानमा

beemaadmin
२०७६ कार्तिक १८, सोमबार

काठमाडौं । नेपाल पुनर्बीमा कम्पनीको प्रमुख कार्यकारी अधिकृतका लागि ६ जनाले आकांक्षी देखिएका छन् । कम्पनीका प्रमुख कार्यकारी अधिकृत चिरायु भण्डारीको कार्यकाल पूरा भएसँगै नयाँ कार्यकारी प्रमुखको खोजी गर्दै खुल्ला आह्वान गरिएको थियो । ०७२ साउनमा कम्पनीको प्रमुख कार्यकारी अधिकृत नियुक्त भण्डारी ४ वर्षे कार्यकाल सकिएसँगै बाहिरिएका हुन् ।
नयाँ सीईओ बन्नका लागि भण्डारीसँगै ६ आकांक्षी देखिएका छन् । यसरी मैदानमा देखिएकाहरुमा अशोक पौडेल, पूर्व बैंकर शेषनारायण आचार्य, ज्ञानेश्वर आचार्य, शंकर रायामाझी र युनाइटेड इन्स्यारेन्सका पूर्व सीईओ शेखर बराल रहेका छन् । शेष नारायण कृषि विकास बैंकका पूर्व कर्मचारी हुन् भने ज्ञानेश्वर नविल बैंकका पूर्व कर्मचारी हुन् । रायमाझी भने राष्ट्रिय वाणिज्य बैंकका पूर्वकर्मचारी हुन् । पौडेल अर्थ मन्त्री युवराज खतिवडाका विश्वासपात्र हुन् । अर्थ मन्त्री खतिवडा गभर्नर हुँदा पौडेल सचिवालयमा रहेर काम गरेका थिए । राष्ट्र बैंकको निर्देशकबाट सेवा निवृत उनी हाल अर्थ मन्त्रालयमै कार्यरत छन् । खतिवडाका विश्वास पात्र भएकाले पौडेललाई बलियो आकांक्षी मानिएको छ ।

सम्बन्धित समाचार