free website hit counter

गोली हानेर रौतहटमा १७ वर्षीया किशोरीको हत्या

beemaadmin
२०७७ कार्तिक २७, बिहीबार

काठमाडौं । रौतहटमा एक १७ वर्षीया किशोरीको गोली हानी हत्या भएको छ। बुधवार राति करिब ११ बजे रौतहटको माधवनारायण नगरपालिका लौकाहमा सुतिरहेकी १७ वर्षीया अमृता कुमारीलाई गोली हानी हत्या गरिएको हो। टाउकोमा गोली हानी हत्या गरेको देखिन्छ। हामीले सबै पक्षबाट अनुसन्धान गरिरहेका छौं, जिल्ला प्रहरी कार्यालय रौतहटका एसपी सिद्धिबिक्रम शाहले भने। किशोरीको एक वर्षअघि सर्लाहीका एक युवकसँग बिवाह भएको थियो। तर, उनी श्रीमानसँग सम्वन्ध राम्रो नभएपछि माइतमा नै बस्दै आएको खुलेको छ। उनीहरुको सम्वन्ध विच्छेद समेत भइसकेको छ।
प्रहरीले हत्याराको केही क्लु पाइसकेको छ।
धेरै कुराको पहिचान खुलिसकेको छ। हामी थप फेरिफाइ गर्ने काम गरिरहेका छौं। चाँडै नै हत्यारा पत्ता लाग्ने देखिन्छ, अनुसन्धानमा खटिएका एक प्रहरीले भने।

सम्बन्धित समाचार

बालेनको मत ३९ हजार नाघ्यो

beemaadmin
२०८२ फाल्गुन २३, शनिबार

चुनाव जित्ने ढुक्क भएपछि झापा झर्दैछन् बालेन

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार