free website hit counter

गल्दै गए ओली सचिवालय बैठकमा उपस्थित

beemaadmin
२०७७ मंसिर २०, शनिबार

काठमाडौँ । नेकपाभित्रको अन्तरकलह भूसको आगोझैं भित्रभित्रै सल्किँदै गएको बेला नेकपा सचिवालय बैठक प्रधानमन्त्रीको सरकारी निवास वालुवाटारमा सुरु भएको छ ।

बैठकमा प्रधानमन्त्री एवं पार्टी अध्यक्ष केपी शर्मा ओली पनि सहभागी भएका छन् । आजको बैठकमा ओली सहभागी नहुने चर्चा यसअघि व्यापक थियो । बैठक अगाडि ओली र अर्का अध्यक्ष पुष्पकमल दाहालबीच छलफल भएको थियो।

ओली बुधबारको बैठकमा भने अनुपस्थित थिए । त्यसपछि बुधबारको सचिवालय बैठकले यसबाहेक बैठकले पार्टी संवेदनशील र असामान्य मोडमा रहेकाले शनिबारको बैठकमा सहभागी हुन ओलीलाई आग्रह गर्ने निर्णय गरेको थियो ।

भोलि स्थायी कमिटीको बैठक बोलाइएको पूर्वसन्ध्यामा नेकपाका सबै घटनाक्रमलाई चासोपूर्वक हेरिएको छ । ओलीले अनौपचारिक संवादमार्फत दुई अध्यक्षवीच सहमतिपछि मात्रै बैठक बस्ने अडान लिएका थिए ।

उनले दाहालको प्रस्ताव फिर्ता हुनुपर्ने अडान पनि राखेका छन् । अर्कोतिर ओलीले संक्रमणकालीन कमिटीबाट बहुमत–अल्पमतका आधारमा निर्णय हुन नसक्ने आफ्नो मत पनि राखेका छन् । तर, दाहाल नेपालपक्ष भने सहमति नभए विधि अनुसार नै बहुमत–अल्पमतमा जानुपर्नेपक्षमा छ ।

सम्बन्धित समाचार