free website hit counter

बीमाबारे तपाइँलाई यी कुरा थाहा छ ?

beemaadmin
२०७७ मंसिर २७, शनिबार

बीमा कम्पनी र पुनर्बीमा कम्पनीबीचको फरक के हो ?
– बीमा कम्पनीले आफ्नो आर्थिक क्षमताअनुसारको दायित्व वहन गर्दछ र बाँकी दायित्व पुनर्बीमा कम्पनीमा हस्तान्तरण गर्दछ, जसको कारणले प्रथम बीमा कम्पनी आर्थिक रूपमा सुरक्षित हुन्छ । किनकि बढी रकमको दाबी भुक्तानी भएमा पुनर्बीमा कम्पनी पनि क्षर्तिपूर्तिको दायित्वभित्र पर्दछ । पुनर्बीमा कम्पनी विदेशी–स्वदेशी जे होस्, बीमितको सरोकार रहँदैन । दाबी भुक्तानी आफूले बीमा गरेको कम्पनीले गर्दछ र बाँकी हिसाब मिलान बीमक र पुनर्बीमकले गर्दछन् ।

० लघुबीमा पनि प्रचलित छ, यो भनेको के हो ?
– यो बीमा योजना भनेको सामाजिक, आर्थिक र भौगोलिक रूपमा पिछडिएका आमनागरिकको लागि प्रयोगमा ल्याइएको बीमा योजना हो, जसमा न्यूनतम शुल्कमा बीमाको जोखिम वहन गर्ने व्यवस्था गरिएको हुन्छ ।

० बीमा किन गर्ने ?
– थोरै बीमा शुल्क तिरेर धेरै अर्थिक जोखिम वहन गरी बीमित तथा आश्रित परिवारलाई आर्थिक रूपमा तल झर्न नदिनलाई बीमा गरिन्छ ।

० बीमामा कर छुट कसरी हुन्छ ?
– आम्दानीको करयोग्य आयमा वार्षिक २० हजारसम्मको बीमा शुल्क घटाई बाँकी आम्दानीमा मात्र नेपाल सरकाले कर लिन्छ ।

० बीमा समितिको कार्यकाल र सञ्चालकको समय र सङ्ख्या कति हुन्छ ?
– बीमा समितिको कार्यकाल चार वर्ष र पाँच जनाको सञ्चालक समिति हुन्छ तर नेपाल सरकारले उपयुक्त ठानेमा उक्त सञ्चालक समितिलाई एक कार्यकाल थप्न सक्ने छ ।

० बीमा समितिको सञ्चालकहरूको योग्यता कति चाहिन्छ ?
– कानुन, बैङ्किङ, वित्तीय, व्यवस्थापन बीमा वा सम्बन्धित क्षेत्रमा मान्यता प्राप्त संस्थाबाट स्नाकोत्तर पास गरेको व्यक्ति योग्य हुने छन् ।

० बीमा कम्पनी स्थापना गर्न कसले अनुमति दिन्छ ?
– बीमा समितिले स्वीकृति वा अनुमति दिनुपर्दछ ।

० नेपालमा कतिवटा बीमा कम्पनी छन् ?
– नेपालमा हालसम्म ४० वटा बीमा कम्पनी छन्, जसमा २० वटा निर्जीवन, १९ वटा जीवन र एउटा पुनर्बीमा कम्पनी छन् ।

० नेपालमा बीमा व्यवसाय कुन मितिबाट सुरुवात भयो ?
– नेपाल बैङ्क लि.को स्थापना वि.सं. १९९४ मा भएपछि बीमाको आवश्यकता देखेर वि.सं. २००४ सालमा नेपाल बैङ्कको अग्रसरतामा उसले बढी सेयर खरिद गरी तत्कालीन माल चलानी तथा बीमा कम्पनीको स्थापना ग¥यो र हाल नेपाल इन्स्योरेन्सको नामले कार्य सञ्चालन भइराखेको छ ।

० बीमा ऐनअन्तर्गत बीमा कम्पनीले कति प्रतिशत सेयर सर्वसाधारणलाई हस्तान्तरण गर्नुपर्दछ ?
– बीमकको (कम्पनीको) जारी पुँजीको कम्तीमा ३० प्रतिशत र बढीमा ४९ प्रतिशत सर्वसाधारणमा जारी गर्नुपर्दछ ।

० बीमकले कर्मचारीलाई कति प्रतिशत सेयर भाग लगाउनुपर्दछ ?
– सर्वसाधारणलाई जारी गरेको २ देखि ५ प्रतिशत सेयर छुट्ट्याउनुपर्दछ तर यसमा कर्मचारीको सङ्ख्याले पनि सेयर निर्धारण गर्दछ ।

० बीमा अभिकर्तालाई कमिसन कति हुन्छ ?
– मुनाफामा सरिक हुने जीवन बीमा २० वर्षभन्दा बढी अवधिको बीमा गर्दा दुई वर्षसम्म बीमा शुल्कको २५ प्रतिशत र ८ वर्षसम्म ५ प्रतिशत कमिसन बीमा अभिकर्ताले पाउँछ भने १५ वर्षसम्मको अवधिको बीमामा प्रथम वर्ष २५ प्रतिशतको दरले कमिसन उपलब्ध हुन्छ । त्यस्तै, १० देखि १४ वर्ष अवधिको बीमामा पहिलो र दोस्रो वर्ष १५ प्रतिशतको दरले बाँकी ५ प्रतिशतको दरले कमिसन उपलब्ध गराइन्छ । ८ देखि ९ वर्ष अवधिको बीमामा दुई वर्षसम्ममा १० प्रतिशत र बाँकी ५ प्रतिशतको दरले कमिसन दिइन्छ । त्यस्तै, ५ देखि ७ वर्ष अवधिको सावधिक बीमामा प्रथम वर्ष १० प्रतिशत र बाँकी ५ प्रतिशतको दरले कमिसन दिइन्छ ।

  • नुरराज कँडेल

सम्बन्धित समाचार

चुनाव जित्ने ढुक्क भएपछि झापा झर्दैछन् बालेन

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार

सुनको भाउ तोलामै ४२०० ले घट्यो

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार

खाडी संकटले पार्नसक्छ रेमिट्यान्समा असर

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार

बहुमतको दिशातर्फ अघि बढ्यो रास्वपा

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार